प्रहरी बनेर अपहरण गरी साढे तीन लाख लुटपाट गरेको आरोपमा विराटनगरका २ जना पक्राउ

विराटनगर — मोरङको विराटनगरमा प्रहरीको नाम दुरुपयोग गरी सर्वसाधारणलाई अपहरण गरेर लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। एक जना अझै फरार छन्।

विराटनगर–८ का २४ वर्षीय समिर हुसेन र विराटनगर–६ का २७ वर्षीय आशिफ अन्सारीलाई १५ असारमा विराटनगरबाटै स्कुटरसहित पक्राउ गरेको हो। उनीहरूविरुद्ध शरीर बन्धक बनाई डाँका गरेको आरोपमा जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान भइरहेको मोरङ प्रहरीकी डिएसपी कोपिला चुडालले जानकारी दिइन्।

चुँडालका अनुसार ११ कोे दिउँसो करिव ११ बजे विराटनगर–१५ का धर्मानन्द साहले सालो २० वर्षीय विक्रमकुमार साह तेलीलाई ३ लाख ६४ हजार रुपैयाँ दिएर बैंकमा जम्मा गर्न पठाएका थिए। सिटी सफारीमा चढेर हिँडेका विक्रम रानीस्थित राइस मिल छेउमा पुगेपछि रातो स्कुटरमा आएका तीन जनाको समूहले घेरा हाले।

‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका हौं’ भन्दै विक्रमलाई जबरजस्ती को १४ प ३३३० नम्बरको स्कुटरमा राखेर विराटनगर–१४ स्थित जतुवा क्षेत्रको एकान्तस्थलमा पु¥याए। त्यहाँ उनलाई डरत्रास देखाई साथमा रहेको नगद रकम लुटेर छाडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडितका अनुसार अपहरणकारीहरूले लुटपाट गर्दा विरोध गरे मारिदिने धम्की दिएका थिए। उनलाई शारीरिक रूपमा नियन्त्रणमा राख्दै डर देखाएर रकम लुटिएको थियो। अनुसन्धान अनुसार विक्रमसँग रहेको नगद रकम देखेपछि योजनाबद्ध रूपमा अपहरण गरिएको खुलेको छ।

घटनापछि डिएसपी चुडालको नेतृत्वमा खटिएको टोलीले स्कुटरसहित समिर र आशिफलाई पक्राउ ग¥यो। फरार रहेका तेस्रो अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट