मासु काट्ने दाउले घाँटीमा हानेर श्रीमतीको हत्या गरेको आरोपमा बच्चा पक्राउ

जनकपुर– बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वाका एक व्यक्तिले घरायसी विवादका क्रममा मासु काट्ने दाउले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मटिअर्वाका ३५ वर्षीय बच्चा मियाँले मंगलबार दिउँसो करिब सवा ३ बजे २३ वर्षीया श्रीमती सहिना खातुनको हत्या गरेका हुन। बच्चाले विवादका क्रममा कुटपिटपछि मासु काट्ने दाउले टाउको र घाँटीमा प्रहार गरेका थिए।

चोटका कारण सहिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हत्या गरी फरार हुने क्रममा रहेका उनलाई प्रहरी पक्राउ गरेको छ। हत्या गर्न प्रयोग भएको दाउ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट