हँसिया प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

राजधानी — डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा श्रीमानले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

गाउँपालिका–३ डिलका ५४ वर्षीय करन भुलले आफ्नै घरमा ४० वर्षीया श्रीमती खिमा देवी भुलको घाँटीमा हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

हत्या गरी करिब २४ घण्टा फरार रहेका आरोपी करन भुललाई शुक्रबार गन्यापधुरा–३ स्थित गोयलखेतबाट पक्राउ गरिएको प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए।

प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा घरेलु विवादका कारण हत्या भएको आशंका गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट