सिरहाको गोलबजार आउँदै गरेको विंगर खोटाङमा दुर्घटना, १३ घाइते, केहीको अवस्था गम्भीर

गाईघाट — खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्यखोलामा आज बिहान गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोमबार बिहान करिब ८ बजे प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विङगर गाडी हलेसीबाट सिराहाको गोलबजारतर्फ आउँदै गर्दा दुर्घटना भएको हो। गाडी अचानक अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते हुनेमध्ये सिराहा नरहा गाउँपालिका–५ बलुवाका ३९ वर्षीय रञ्जित यादव, ७० वर्षीया कुस्मवती यादव, ७० वर्षीय राज यादव, र रामशरण ठाकुरकी श्रीमती लगायत छन्। रामशरण ठाकुरकी पत्नीसहित केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

घाइते १३ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि उदयपुरतर्फ पठाइएको छ। गाडीमा करिब १८ जना यात्रु सवार थिए। दुर्घटनापछि घाइतेहरूको उद्धारका लागि विभिन्न प्रहरी इकाइबाट टोली खटिएको छ।

नम्बर ७ गुल्म हलेसीबाट प्रहरी निरीक्षक विष्णु बहादुर आलेको कमाण्डमा ११ जना, हर्कपुर ओखलढुंगाबाट प्रहरी सहायक निरीक्षक बिरेन्द्र कार्कीको कमाण्डमा १० जना, स्थायी प्रहरी पोष्ट जयरामघाटबाट शेख रहुल्लाहको कमाण्डमा २ जना, च्यास्मिटार प्रहरी चौकीबाट असईसहित २ जना, र इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षक हेमन्त राईको नेतृत्वमा ११ जना प्रहरी टोली घटनास्थलमा खटिएका छन्।

घटनास्थल जयरामघाट प्रहरी पोष्टबाट करिब दुई किलोमिटर पूर्वमा पर्छ। दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट