जिप दुर्घटनामा छोरो भेट्न रामेछापबाट हेटौंडा जाँदै गरेका दम्पत्ति मध्ये श्रीमतीको मृत्यु, श्रीमान् घाइते

राजधानी — रामेछापबाट हेटौंडा जाँदै गरेको स्कारपियो जिप दुर्घटना हुँदा घाईते भएका मन्थलीका दम्पत्ति मध्ये श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन्।

मृत्यु हुनेमा मन्थली नगरपालिका–११ की ४१ वर्षीया राधा कार्की चौहान छन्। स्वास्थ्यकर्मी रहेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन्। उनको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार पछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए।

प्रहरीका अनुसार, आइतबार बिहान मन्थली–६ कुनौरी क्षेत्रमा सडकमा आएको पहिरोले स्कारपियो सडकबाट तल खसेको थियो।

प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट