सप्तरीमा टेम्पु र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दम्पत्ती घाइते

राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिका–८ पोखरियामा टेम्पु र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज बिहान करिब साढे ८ बजे पोखरियाबाट देवघाटतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ स १०२५ नम्बरको टेम्पु र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००५ प ५७३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ–२ कनकपट्टीका २४ वर्षीय अजय कुमार चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याईएको थियो। उपचारका क्रममा बिहान करिव साढे ९ बजे उनको मृत्यु भएको हो।

टेम्पु चालक ४५ वर्षीय मणिलाल मण्डल र उनकी श्रीमती ४० वर्षीया आशा देवी मण्डल घाइते भएका छन्। उनीहरुको कल्याणपुरस्थित एडभान्स अस्पतालमा उपचार भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट