सुन्धारामा जेनजी समुहको प्रदर्शनमा हर्क साम्पाङ समर्थक प्रवेश गरेपछि दोहोरो हानाहान

काठमाडौँ– देश सरकारविहीन अवस्थाबाट गुज्रिरहेको बेलामा जेनजी आन्दोलनले फेरि राजधानीमा तनाब चुल्याएको छ। सुन्धारामा बिहीबार दिउँसो जेनजी समूहहरूबीच हात हालाहालको अवस्था सिर्जना भएको हो। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकहरू प्रदर्शनस्थलमा प्रवेश गरेपछि घटना कुटाकुटसम्म पुगेको हो।

सोमबार शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन मंगलबार प्रहरीको अत्यधिक दमनसँगै भड्किएको थियो। त्यसयता जेनजी आन्दोलनले सार्वजनिक सम्पत्ति मात्र होइन, निजी सम्पत्तिसमेत ध्वस्त पारेको छ। हालसम्म ३४ जनाले ज्यान गुमाइसकेका छन् भने एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्।

शान्तिपूर्ण आन्दोलनको बाटो छोडेर हिंस्रक बनेको जेनजी विद्रोहले देशलाई सत्ता–परिवर्तनको संघारमा पु¥याएको छ। सरकारविहीन अवस्थाको कारण राज्यका संरचना अस्तव्यस्त छन्। अहिले नेपाली सेना मात्र देशको नेतृत्वको भूमिकामा देखिएको छ। सेनाले अन्तरिम सरकार गठनसहित राजनीतिक निकासको पहल गरिरहेको छ र त्यसका लागि विभिन्न जेनजी समूहहरूसँग वार्ता गरिरहेको छ।

तर, जेनजी समूहहरूभित्रै नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ। प्रधानमन्त्री को हुने भन्ने विषयमा मतैक्य खोज्ने क्रममा सुन्धारामा बिहीबारको विवाद झडपमा परिणत भएको हो। राजधानीको मुटुमा देखिएको यो टकरावले आन्दोलनको भविष्य कता मोडिने हो भन्नेबारे थप प्रश्नहरू खडा भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट