जेनजी आन्दोलन र अन्तरिम सरकारमा विदेशी हस्तक्षेपको आशंका, भारतीय दुताबाससँग किन भड्किए साम्पाङ

काठमाडौँ— जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नियुक्ति समाचार नेपालभन्दा पहिले भारतीय मिडियामा सार्वजनिक भयो। भारतमै निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले पहिलोपटक नेपालको प्रधानमन्त्रीलाई शुभकामना पठाए, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चारवटा माध्यमबाट चासोसहित शुभकामना दिए।

यो संयोगमात्र होईन, यी घटनाले जेनजी आन्दोलनमा अन्तर्राष्ट्रिय प्रभावको गम्भीर आशंका सिर्जना गरेको छ। यतिमात्रै होईन, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो नेतृत्व क्षमता देखाउँदै अन्तरिम सरकारमा सहभागी हुने अवसर खोजिरहेका छन्। उनी देशको प्रधानमन्त्री नै हुन थाहान्थे। तर, जेनजीको एउटा समुहले उनलाई टिक्नै दिएन। त्यो प्रकरणमा साम्पाङका समर्थक र जेनजी समुहबीच काठमाडौँमा कुटाकुट नै भयो।

त्यसपछि गत बुधबार जेनजी युवाहरुको समूहले डिस्कर्डमार्फत् भोटिङ गरेर कार्कीलाई प्रधानमन्त्री सिफारिस गरेको थियो। त्यतिबेला साम्पाङलाई पनि उम्मेद्वार बनाइए पनि उनले उल्लेख्य भोट पाएका थिएनन्। त्यसपछि युवाहरुले भारतीय दूतावास जान सल्लाह दिँदा साम्पाङ आफैं चकित परेको जनाईएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आह्वान गरेलगत्तै साम्पाङ मंगलबार साँझ सैनिक मुख्यालय पुगेका थिए भने आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई भेटेका थिए। उनी सरकारमा जान इच्छुक भए पनि कुनै स्पष्ट जवाफ पाएका छैनन्। साम्पाङले भने, ‘मैले मेरो कुरा राखेपछि उहाँले खुलेर कुरा गर्नुभएन, सबै मिलेर जानुपर्छ मात्रै भन्नुभयो।’

तर जेनजी आन्दोलनको प्रमुख स्टेकहोल्डर दावी गर्ने युवाहरुको समूहले उनलाई ‘मन्त्री बन्ने भए भारतीय दूतावास पुगेर आउनुस्’ भनेको खुलेको छ। यसबारे उनले प्रतिक्रिया दिँदै भनका छन्।– ‘म मन्त्री बन्न भारतीय दूतावास किन जाने, बरु मन्त्री भएपछि फूल लिएर त्यहाँको राजदूत मलाई भेट्न आउने बनाउने। अर्का देशको दूतावासले नेपालमा मन्त्री बनाउने पनि हुन्छ?’

त्यस यता उनले लगातार अमेरिका, युरोपियन युनियन, भारत र चाइनाजको विषयमा यस्ता स्ट्याटस लेख्दै आएका छन्। ‘अमेरिकन, युरोपियन, भारतीय, चाइनिज, खोइ के के हो के के… हैट म त नेपाल खोज्दै हिँडेको मान्छे ! लाटा मान्छे तर नझुक्ने के ! सगरमाथाको चुचुरो जस्तो !’ उनले लेखेका छन्–‘स्वाभिमान दाऊमा राखेर बाँचिदिन म ! विदेशीलाई ढोगेर देश चलाउनु छैन मलाई ! देशको सार्बभौमिकता भन्दा ठुलो होइन सत्ता !’

जेनजी आन्दोलन र त्यसपछिका परिदृष्यले पनि यो कुरालाई पुष्टि गर्दै गएको छ। जेनजीको नाममा आन्दोलनको नेतृत्व गरेको ‘हामी नेपाल’ का संस्थापक अध्यक्ष सुदन गुरुङ आफै जेनजी समुहमा नपर्नु, उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका कानुनी सल्लाहकार ओमप्रकाश अर्यालको इसारामा हिड्नु तथा गुरुङलाई नै बाईपास गरेको जस्तो देखाएर अर्याल गृहमन्त्री बन्नुलगायतका घट्नाले धेरै शंका उत्पन्न गराएको छ।

यतिमात्र होईन, उनको सम्वन्ध द फ्रेड हल्लोज फाउन्डेसन (अष्ट्रेलिया) र हिमालयन क्याटाराक्ट प्रोजेक्ट (अमेरिका) बाट प्राप्त हुने रकममा सञ्चालित डा. सन्दुक रुईत अध्यक्ष रहेको बारबरा फाउण्डेसन, चीनविरुद्ध तिब्बती शरणार्थीहरुले चलाएको ‘स्टुडेण्ट फर अ फ्रि तिब्बत’ नामक अन्तर्राष्ट्रिय एनजिओ र हतियार खरिदमा भ्रष्टाचारको आरोप लागेका विवादित व्यवसायी दीपक भट्टको इन्फिनिटी होल्डिङले लगायतसँग देखिनुले पनि आन्दोलन हाईज्याक भएको आशंका छ।

यसैगरी, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कार्यान्वयन गर्न अर्थ मन्त्रालयले बनाएको मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपालका सञ्चालक समितिको बोर्ड सदस्य कुलमान घिसिङ तथा राष्ट्रिय जनावर गाईलाई खसी÷कुखुरा झै सार्वजनिक रुपमा काटेर खान पाउनु पर्छ भन्दै सर्वोच्चमा रिट दायर गरेका अधिवक्ता ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्री नियुक्त हुनुले पनि विदेशी हस्तक्षेपको आशंकालाई बल पु¥याउने जानकारहरु वताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट