समाजिक सञ्जालमा विवाद सुरु भएपछि समता फाउण्डेशनको वेबसाईटबाट मन्त्री परियारको फोटो र नाम गायव

काठमाडौँ — जेन–जी आन्दोलनको पराकम्प देशमा अझै बाँकी छ। अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आजै मात्र मन्त्रिपरिषद् विस्तार गरेको छ। जसमा समता फाउण्डेशनका अध्यक्ष मदन प्रसाद परियार कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन्।

जेनजी आन्दोलनमा अन्तर्राष्ट्रिय घुसपैठ र एनजीओको भुमिकाका विषयमा विभिन्न आलोचना र आशंकाहरु उत्पन्न भईरहेका वेला अ‍ेमेरिकी आईएनजीओसँग सिधा सम्वन्ध भएका परियारलाई मन्त्री नियुक्त गर्नु अनौठो देखिएको छ।

यति मात्रै होईन, विवादित आईएनजीओसँग सम्वन्ध भएका परियारलाई मन्त्री नियुक्त गरेको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना पनि सुरु भएको छ। योसँगै फाउण्डेशनले आफनो वेबसाईटबाट परियारको नाम र फोटो हटाएको छ।

आज दिउँसो करिव ३ बजेसम्म समता फाउण्डेशनको वेबसाइटमा मदन प्रसाद परियारको नाम र फोटो अध्यक्षको रुपमा राखिएको थियो। त्यसपछि अचानक नाम र फोटो गायब छ। ‘About Us र ‘Team & Partners’ पृष्ठबाट अब केवल ‘About Us’ र ‘Partners’ मात्र बाँकी छन्।

विशेषज्ञहरू भन्छन्, समता फाउण्डेशनको सम्बन्ध युएसएआईडी, ओपन सोसाईटी फाउण्डेशनलगायतका आईएनजीओसँग जोडिएपछि उनको नाम हटाईएको हुन सक्छ। समता फाउण्डेशनले ती आईएनजीओ मार्फत पैसा लिएर नेपालमा सामाजिक न्याय, संघीयता र जातीय अधिकारको बहसमा गहिरो प्रभाव राख्दै आएको छ।

खास गरी ओपन सोसाइटी फाउण्डेशनले परोपकारका नाममा विभिन्न मुलुकमा राजनीतिक अस्थिरता मच्चाउने गरेको आरोप लाग्दै आएको छ। नेपालमा संविधान निर्माण प्रक्रियादेखि नै पहिचानको राजनीति, जातीय अधिकार र संघीयताको विषयलाई उत्तेजित गर्न यस संस्थाले भूमिका खेलेको भन्दै आलोचना हुँदै आएको छ।

यही आईएनजीओका कारण जेन–जी आन्दोलनको समयमा नेत्र रोग विशेषज्ञ सन्दुक रुईत नेतृत्वको बारबरा फाउण्डेशन पनि विवादमा तानिएको थियो।

अहिलेसम्म परियार वा समता फाउण्डेशनको तर्फबाट यस घटनाको औपचारिक स्पष्टीकरण आएको छैन। तथापि विश्लेषकहरू भन्छन्, यो अचानक फेरबदल कुनै संयोग मात्र होइन, बरु छद्म रणनीति र आईएनजीओ दबाबको संकेत हो।

नेपालको राजनीति, आन्दोलन र अन्तर्राष्ट्रिय संगठनबीचको जटिल जाल यस घटनाले देखाएको छ—जसमा सरकार, गैरसरकारी संस्था र सामाजिक आन्दोलन एकैसाथ आपसमा जोडिएका छन्।

को हुन परियार ?
सप्तरीको राजविराजमा जन्मिएका परियार वरिष्ठ जलवायु तथा कृषि विज्ञ हुन्। हाल काठमाडौँको चन्द्रागिरी नगरपालिकाका बासिन्दा परियारले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा रहेर काम गरिसकेका छन्।

परियार ०६८ सालमा राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको संयोजक समेत भएका थिए। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले परियारलाई आठ सदस्यीय सुझाव आयोगको संयोजक नियुक्त गरेको थियो।

परियारले उदयपुर सिमेन्ट र कृषि औजार काराखाना वीरगन्जको महाप्रबन्धकका रूपमा पनि काम गरेका थिए। भारतको इलाहाबाद कृषि संस्थानबाट कृषि इन्जिनियरिङमा स्नातक गरेका उनले थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनियरिङमा स्नात्तकोत्तर र विद्यावारिधि गरेका हुन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट