पैदल यात्री जोगाउन खोज्दा बस नरिवलको रुखमा ठोक्कियो, एक बालकसहित दुई जनाको मृत्यु

जनकपुर— महोत्तरीको बर्दिबास नगरपालिका खैरमरामा आज बिहान भएको बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको छ।

सर्लाहीको ईश्वरपुरका १२ वर्षीय प्रविण खड्का र स्थानीय ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको हो। चौधरी बिहान चिया खाएर बाटोमा निस्किएका बेला दुर्घटनामा परी मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। बालक प्रविणको भने बर्दिबासस्थित शुभस्वास्तिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका अनुसार ना ६ ख १४६४ नम्बरको यात्रुवाहक बस घारीबथानबाट काठमाडौँतर्फ जाँदै गर्दा खैरमारा स्कुल नजिक दुर्घटनाग्रस्त भएको हो। बसमा सवार २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। उनीहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

ट्राफिक इन्स्पेक्टर लक्ष्मिराज जोशीका अनुसार पैदल यात्रु चुल्हाईलाई बचाउने क्रममा बस अनियन्त्रित बनेर सडक छेउको नरिवलको बोटमा ठोक्किएको थियो। प्रत्यक्षदर्शी विनय यादवका अनुसार बस चालकको नियन्त्रणभन्दा वाहिर गएर दुर्घटना भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट