सप्तरीको कंकालिनी मन्दिरमा प्रहरीकै मिलेमतोमा ‘४० लाख लुटपाट’: भीडीओ भाईरल, के हो सत्य? (भीडीओसहित)

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, भारदह स्थित कंकालिनी भगवती मन्दिरबाट अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ भिमारकी २७ वर्षीया शचिकला चौधरीको मोवाईल चोरी भएको र मोवाईल वैंकिङ मार्फत ४० लाख रुपैयाँ लुटिएको विषयले शुक्रबार सामाजिक सञ्चाल तयायो। यो घट्नाले सप्तरीसहित देश विदेशमा रहेका मानिसको ध्यान तान्यो।

शचिकलाको भनाइ अनुसार, दशमी (टीका)को दिन उनी भाकल पुरा गर्न कंकालिनी मन्दिर गएकी थिईन। उनको साथमा बालक छोरा र गाउँका ९/१० जना साथीहरु पनि थिए। दिउँसो करिब १ बजे सिटी रिक्सामा आएका करिव १० जनाको समूहले उनको मोबाइल लुट्यो। उनीहरुले मोवाईलका लक तोडेर मोवाईल वैंकिङ मार्फत बैंक खातामा भएको ४० लाख रुपैयाँ आफनो खातामा सारे।

उनले तीन जना लुटेरालाई समाईन। सर्टको कल्लर समातेर प्रहरीको अगाडि पुर्‍याईन। तर, प्रहरीले उनलाई सहयोग गर्नुको सट्टा लुटेराकै पक्ष लियो। लुटेराले उनकै अगाडि प्रहरीलाई ६ लाख रुपैयाँ दिए। त्यसपछि प्रहरीले उल्टै उनको कन्चटमा वन्दुक तेर्स्याएर मार्दिने धम्की दियो। दुई जना प्रहरीले दुई तिरबाट वन्दुक ताकेपछि उनी रोईन, कराईन, वरिपरी भएका सवैको खुट्टा समाएर अन्याय नगर्न आग्रह गरिन। तर, कसैले उनको कुरा सुनेन।

त्यसपछि उनी हिड्दै भारदहदेखि भिमार पुगिन। भोलिपल्ट उनको भीडीओ सार्वजनिक भयो। भीडीओमा वताईए अनुसार लुटपाटको प्रकरण मन्दिर विकास समिति र प्रहरीको मिलेमतोमा भएको थियो। घट्ना उजागर हुने डरले समितिले सीसीटीभी फुटेज समेत डिलिट गर्यो। उनले यस विषयमा शुक्रबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन पनि दिईन।

प्रहरी अनुशन्धानमा खटियो। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्ले आफै अनुशन्धानमा खटिए। मन्दिर पुगेर मन्दिर विकास समिति, पीडित शचिकला, उनीसँग गएका साथी र परिवारका अन्य सदस्यहरुसँग पनि कुराकानी गरे। सीसीटीभी फुटेजका आधारमा केही ब्यक्तिलाई पक्राउ गरियो। तर, भीडीओमा भनिए जस्तो ४० लाख रुपैयाँ लुटपाट भएको, प्रहरीले ६ लाख रुपैयाँ लिएर लुटेराको पक्ष लिएको, कन्चटमा वन्दुक तानेको र ज्यान मार्ने धम्की दिएको सवै कुरा भ्रामक सावित भयो।

प्रहरीको अनुशन्धानकै क्रममा शचिकलाको वयान फेरियो। उनले ४० लाख रुपैयाँ लुटिएको कुरा झूठो भएको स्वीकारिन्। वास्तविकता अनुसार, उनीसँग भएको केवल मोबाइल र २ हजार रुपैयाँ हराएको थियो। बालबच्चा लिएर मन्दिर गएका वेला वेखर्ची भएपछि आफ्नो होस हराएको उनले वताईन। वेहोसी अवस्थामै आफुले जथाभावी बोलेको उनको भनाई छ।

शचिकलाले पनि घटनाको पृष्ठभूमि स्पष्ट पारेको छ। भाई दीपेशका अनुसार मोबाइल मात्र हराएको थियो। बैंक खाताबाट रकम लुटिएको कुरा सत्य होईन। ‘दिदीको खातामा ५०/६० हजार थियो, त्यो छँदैछ’ उनले भने–‘वहाँले मलाई २ हजार रुपैयाँ पठाई दिनु भएको थियो। त्यो अन्तिम ट्रान्जेक्सन हो, त्यसपछि पैसा कतै गएको छैन।

ससुरा रामअवतारले वुहारीको मानसिक अवस्थाका कारण यो अवस्था आएको वताए। ‘४/५ वर्षअघि वहिनी ज्वाइँको ट्याक्टर दुर्घटनामा मृत्यु भएपछि शचिकला मानसिक रूपमा अस्थिर भएकी छिन्। जे पनि बोल्ने, सुस्त र होस हराउने अवस्था छ’ उनले भने–‘४० लाख हराएको कुरा सत्य होइन।’ केही दिन अघि मात्रै उनीहरुले जग्गा किनेकाले वैंक खातामा त्यत्रो रकम हुने अवस्था नै नभएको उनको भनाई छ।

यता, मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले पनि घटना भ्रामक भएको पुष्टि गरे। मन्दिरको लागि भने यो घट्ना दुःखद भएको भन्दै अध्यक्ष मण्डलले भने–‘हामीले सुरक्षाको चुस्त ब्यवस्था गरेका छौं। नेपाल प्रहरी, सशस्त्र प्रहरीदखि स्वयम सेवकसम्म खटाएका छौं। यस्ता घट्ना अहिलेसम्म भएको छैन। भीडीओमा भनिएका कुराहरु पनि सत्य होइनन्।’ प्रहरी र सम्वन्धित पक्षको उपस्थितीमा सीसीटीभी फुटेल चेक गर्दा पनि शचिकलाले भने जस्तो अवस्था नदेखिएको उनले दावी गरे।

डीएसपी काफ्लेले पनि शचिकलाले मोवाईल हराएको भन्दै निवेदन दिएको पुष्टि गर्दै भीडीओमा भनिए जस्तो अवस्था भने नभएको वताए। ४० लाख रुपैयाँ लुटपाट भएको, प्रहरीले लुटपाटमा मिलेमतो गरेको, ६ लाख रुपैयाँ घुस लिएर लुटेरालाई छोडेको, पीडितलाई कञ्चटमा वन्दुक तानेकोलगायतका कुनै पनि आरोप तार्किक नभएको उनको भनाई छ।

‘पहिलो कुरा त मोवाईलको लक तोडेर एकै छिनमा ४० लाख रुपैयाँ मोवाईल वैंकिङ मार्फत ट्रान्सफर गर्नु असम्भव छ। दोस्रो कुरा प्रहरीहरु मन्दिरमा वन्दुक होईन, लाठि लिएर खटिएका छन्’ उनले भने–‘वुट नभएर पिटी सुज लगाएर लाठीसहित मन्दिरमा सुरक्षा दिईरहेको प्रहरीले कसरी वन्दुक तान्न सक्छ ?’ उनले बोलेका हरेक कुरा झुठा छन्, परिवारका सदस्यले मानसिक समस्याका कारण यस्तो भएको भन्नु भएकाले त्यसैको असर हुन सक्ने काफ्ले वताउँछन्।

मोवाईल हराएको विषयमा निवेदन परेकाले त्यो विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको उनले जानकारी दिए।

यो प्रकरणले केवल व्यक्तिको मानसिक अस्थिरता मात्र होइन, सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाको प्रभाव र धार्मिक स्थलमा जनविश्वासमा खेलवाड हुन सक्ने जोखिमलाई उजागर गरेको छ। यो घट्ना, एक व्यक्तिको बयानले समुदायमा कस्तो प्रकारको हलचल ल्याउन सक्छ ? भन्ने उदाहरण पनि बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *