सिंहदरबारमा झोसेको पुल्ठोले राजनीतिमा डँढेलोः एमाले नेता थापा भन्छन– उक्साहट लुसिफर डार्कम्यानकै थियो

काठमाडौँ — भदौ २४ गते। सिंहदरबार जलिरहेको थियो, संसद् भवन धुवाँमा हराएको थियो। सर्वोच्च अदालतका फाइल र राष्ट्रिय वाणिज्य बैंकका ढोकासम्म आगोको लप्का पुगेको थियो। तीन दिनसम्म आगो निभाउने दमकलसम्म पुग्न सकेन। तीन दिनपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले ललितपुरबाट दमकल मगाएर सर्वोच्च अदालतमा लागेको आगो निभाए।

२४ गतेको रात नेपालका नागरिकले सायद पहिलोपटक ‘राज्य ठप्प’ भएको अनुभव गरे। तर, केही दिनयता देशको राजनीतिक केन्द्रमा अर्को आगो सल्किएको छ — ‘सिंहदरबार जलाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह नै हुन’ भन्ने आरोपको।

यसै प्रसंगमा नेकपा (एमाले)का नेता सूर्य थापाले कडा शब्दमा बालेन्द्रको आलोचना गरेका छन्। उनले फेसवुकमा लेखेका छन्–  ‘दमकल नपठाउने अपराधी उही थियो, र दमकल रोक्ने भिड पनि उसकै थियो। सिंहदरबार, शितल निवास, सर्वोच्च अदालत र संसद भवन उसकै भिजिलान्तेहरूले जलाएका थिए भन्ने छर्लङ्ग भइसकेको तथ्य हो। भदौ २४ गते ५४ जना मान्छेको ज्यान लिने उक्साहट पनि यही लुसिफर डार्कम्यानकै थियो। ऊ विदेशीको शिखण्डी र अपराधी हत्यारा हो, राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन।’

थापा मात्र होईन, धेरै नागरिक अगुवाले पनि सिंह दरबार बालेन्द्रले नै जलाएको आरोप लगाएका छन्। उनकी श्रीमती चढेको गाडी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले रोकेको आक्रोशमा सिंहदरबार जलाउने आदेश दिनु, जेनजी आन्दोलनलाई उक्साउनु, सिंहदरबार जल्नु तर महानगरका एम्वुलेन्स आगो निभाउन नजानु वरु महानगरका गाडीमा चढेर नगर प्रहरीहरुले सिंहदरबार आगो लगाउँने उच्छृंखलहरुलाई मिनिरल वाटर बाँड्दै हिड्नुले देशमा भएको आगजनीको मास्टरमाईण्ड उनै हुन भन्ने धरैलाई परेको छ। सत्य कुरा त छानविन भएछ भने वाहिर आउला।

तर, उनी स्वयमले भने आरोपलाई खण्डन गरेका छन्। ‘त्यो दिन न सरकारले काम गर्न सक्यो, न सुरक्षा संयन्त्रले। तर काठमाडौँ महानगर आफ्नो जिम्मेवारीबाट पछि हटेको थिएन। हामी आगो निभाउने, घाइते बचाउने र शव व्यवस्थापन गर्ने काममै थियौं।’ उनले फेसवुकमा लेखेका छन्।

बालेनको विवरण अनुसार भदौ २४ गते साँझ ८ बजेसम्म देशमा पूर्ण अराजक अवस्था थियो। सरकारी संरचना ठप्प, सडक सुनसान, प्रहरी चौकीसमेत सुरक्षित थिएन। तर काठमाडौँ महानगरको पाँचवटा दमकल, १४ नगर प्रहरी, ३० सशस्त्र प्रहरी र ४४ जनाको टोली निरन्तर मैदानमा खटिएको उनले दाबी गरेका छन्।

‘हाम्रो टोलीले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि लिएर नक्सालको हिल्टन होटल र बालाजुको प्रहरी वृतसम्म ५५ पटकभन्दा बढी आगो निभाउन गएको रेकर्ड हामीसँग सुरक्षित छ,’ बालेन्द्रको भनाइ छ। उनका अनुसार २४ गते राति ८ः१५ बजे नै दमकल सिंहदरबार पुगेको थियो, तर भिडले काम गर्न दिएन। ‘हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन,’ उनले लेखेका छन्।

उनले प्रस्तुत गरेको विवरण अनुसार भदौ २३ देखि २८ गतेसम्म राजधानीमा भएका आगलागीका घटनामा महानगरका दमकलले विभिन्न ठाउँमा पुगेका थिए। सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, डिल्लीबजार कारागार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बालुवाटार, कोटेश्वर, नक्सालका विभिन्न भाटभटेनी सुपरमार्केट, थापाथली र बालाजुस्थित डाटा सेन्टर, बबरमहल जिल्ला अदालत र ट्राफिक प्रहरी कार्यालयमा पुगेर सेना, प्रहरी र महानगरबीच समन्वय गरी जलेका संरचना र कागजातहरू सुरक्षित गर्न प्रयास गरिएको बालेन्द्रले बताएका छन्।

राजधानीका विभिन्न अस्पतालमा घाइतेको उपचार, रगत र औषधिको आपूर्ति, लजिस्टिक व्यवस्थापनदेखि शवहरूलाई परिवारमा पुर्‍याउनेसम्म महानगरले सम्हालेको बालेन्द्रको दाबी छ। ‘अस्पतालमा परिवार नभएका बिरामीका लागि हाम्रो नगर प्रहरीले अभिभावक बनेर सहमति फारममा हस्ताक्षर गरेको थियो,’ उनले लेखेका छन्–‘अफवाह होइन, सत्य तथ्य खोजेर लेख्नुस्। हामी जस माग्दैनौं, तर जोखिम मोलेर देशका संरचना जोगाउनेहरूलाई अपमान नगर्नुस्।’

यसरी, एकातिर एमालेका नेता सूर्य थापा जस्ता नेताहरूले बालेन्द्रलाई ‘विदेशीको एजेन्ट’ भन्दै दाबी गरेका छन् भने अर्कोतिर बालेन्द्रको टोलीले ‘तथ्यले बोल्छ’ भन्दै सिंहदरबारमा आगो निभाएको समय र विवरण सार्वजनिक गरेको छ। यसले देशको राजधानीमा अहिले ‘वास्तविक आगो’ कसले लगायो भन्ने विषय चर्चामा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *