जेनजी आन्दोलनमा ‘कालो टिसर्ट र साइलेन्सरको आवाज’भित्र लुकेको रहस्यः तिब्बती मूलका युवाहरूको घुसपैठ पुष्टि (भीडीओसहित)

काठमाडौं — भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा सामान्य प्रदर्शनको स्वरूप बिग्रिएको घटनामा अनुसन्धानका क्रममा सुरक्षा निकायले ‘टिओबी’ नामक समूहको संलग्नता पुष्टि गरेको छ। कालो टिसर्टमा ‘TOB – Tibetan Origin Blood’ लेखिएको र बुलेट बाइकको साइलेन्सर पड्काउँदै प्रदर्शनमा आएको यो समूहले आन्दोलनमा अप्रत्यक्ष र प्रत्यक्ष दुवै प्रकारको प्रभाव पारेको देखिएको छ।

टिओबीको पूर्ण रूप Tibetan Origin Blood हो। यस समूहको उद्देश्य स्वतन्त्र तिब्बतको समर्थन गर्ने र फ्री तिब्बत आन्दोलनलाई प्रचार गर्ने रहेको देखिन्छ। अनुसन्धानका क्रममा फेसबुक र इन्टाग्राममा सक्रिय रहेको समूहको सामग्री जाँच गर्दा भदौ २३ र २४ को जेन–जी आन्दोलनमा उनीहरूको प्रत्यक्ष संलग्नता प्रमाणित भएको छ। समूहका सदस्यहरूले कालो झन्डा बोकेर बाइक चलाएका, ‘हाम्रो देश, हाम्रो राज’ जस्ता नारासहित आन्दोलनमा भाग लिएका थिए।

समूहको नेतृत्वकर्ता तेन्जिङ दावा हुन्। उनी ट्याटु आर्टिस्ट र टिओबी ट्याटु स्टुडियोसँग संलग्न छन्। अर्का सदस्य बिराज खड्काले इन्टाग्राम मार्फत् आन्दोलनमा सहभागी भएको स्वीकार्दै भनेका छन् ‘हामीले कुनै तोडफोड गरेका छैनौं।’ बाइक पड्काएकोमा माफी मागेका छन्। फेसबुकमा समूहका सदस्य हाकिम गुरुङले १५० जना टिओबी सदस्य आन्दोलनमा सहभागी भएको र सबै २८ वर्षभन्दा कम उमेरका रहेको उल्लेख गरेका छन्।

सुरक्षा निकायका अधिकारीहरूले समूहका अधिकांश सदस्यहरूको शरीरमा ट्याटु भएको, टिसर्टमा TOB लेखिएको र समूहको चिन्ह भएको जानकारी दिएका छन्। अनुसन्धान अनुसार, आन्दोलनको दिन सडकमा बाइक लिएर भीडमा आतंक फैलाउने, साइलेन्सर पड्काउने र अन्य हिंसात्मक गतिविधिमा टिओबी सदस्यहरू संलग्न थिए।

साथै, जेन–जी आन्दोलनका प्रारम्भिक दिन स्वयंसेवकको रूपमा पानी वितरण गर्ने सुदन गुरुङ अहिले समूहको नेतृत्व गर्दै आएका छन्। उनी सरकारी बैठक, अन्तरिम प्रधानमन्त्रीको शपथ कार्यक्रम र राष्ट्रपति कार्यालयसम्म पुगेको सक्रिय नेतृत्वकर्ता हुन्। उनको संस्था हामी नेपाल टिओबी समूहसँग सम्बन्धित छ र स्वतन्त्र तिब्बतको पक्षमा काम गर्ने संस्थासँग सञ्जाल जोडिएको छ।

विशेषज्ञहरूका अनुसार, टिओबी समूहले जेन–जी आन्दोलनमा स्थानीय युवाहरूको सक्रिय संलग्नता र विदेशी राजनीतिक प्रभावको संकेत दिन्छ। बाइक पड्काउने, कालो झन्डा बोक्ने र टिसर्टमा विशेष चिन्ह राख्ने शैलीले आन्दोलनमा प्रभावकारिता बढाउने तथा हिंसा र आतंक फैलाउने जोखिम पनि रहेको सुरक्षा निकायले औंल्याएको छ।

सुरक्षा अधिकारीहरूका अनुसार टिओबी समूहको संलग्नता कुन–कुन घटनासँग जोडिएको हो भन्ने विषयमा अनुसन्धान जारी छ। प्रारम्भिक विवरण अनुसार तिब्बती मूलका युवाहरूले जेन–जी आन्दोलनको माहोलमा अनुचित प्रवेश गरी प्रदर्शनको स्वरूप परिवर्तन गर्न खोजेको स्पष्ट प्रमाण भेटिएको छ।

जेन–जी आन्दोलनमा स्वतन्त्र तिब्बत समर्थक समूहको उपस्थितिले आन्दोलनको शान्तिपूर्ण चरित्र र युवा सहभागितामा नयाँ जटिलता थपेको छ। टिओबी समूहले भविष्यमा पनि राजनीतिक प्रदर्शनमा आफ्नो सक्रियता कायम राख्ने संकेत दिएका छन्, जसले सुरक्षा र सामाजिक सन्तुलनका दृष्टिले चुनौती प्रस्तुत गर्न सक्ने देखिन्छ।

एकातर्फ, टीओबीको आन्दोलनमा घुसपैठ र अर्कोतर्फ भारतमा निर्वासित जिवन विताईरहेका तिब्बतियन शरणार्थी नेता दलाई लामाले इतिहाँसमै पहिलो पटक नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई वधाई दिनुले धेरै कुरा स्पष्ट हुने विश्लेषकहरु वताउँछन्।

भीडीओ

@sheershakhabarnews.com

जेनजी आन्दोलनमा घुसपैठ गरी आगजानी गर्ने यी काला ज्याकेटधारी को हुन ?

♬ original sound – Sheersha Khabar – Sheersha Khabar


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट