जेनजीको अन्तरिम सरकारमा झण्डै स्वास्थ्यमन्त्री भएकी डा. मिश्राविरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा

काठमाडौँ— जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा झण्डै स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने तयारीमा रहेकी डा. संगीता कौशल मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा अघि बढाएको हो।

अख्तियारका अनुसार, डा. मिश्रासहित १५ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै आरोपपत्र दर्ता हुन सक्ने अवस्था रहेकाले उनको मन्त्रीको डौडमा ब्रेक लागेको थियो।

डा. मिश्र स्वास्थ्य सचिव बन्ने दौडमा थिइन्। तर सरकारले डा. विकास देवकोटालाई सचिव नियुक्त गरेपछि उनी अतिरिक्त सचिवको पदबाट राजीनामा दिइन्। जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनलाई स्वास्थ्यमन्त्री बनाउने तयारी भइरहेको थियो। तर अख्तियारले भ्रष्टाचारको मुद्दा अघि बढाएपछि उनी मन्त्री बन्न सकिनन्।

प्रधानमन्त्री सुशीला कार्कीले नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्दा डा. मिश्राको पनि नाम सिफारिस भएको थियो। तर, अख्तियारको अनुसन्धान जानकारीपछि उनको नियुक्ति फिर्ता लिइएको स्रोतले बताएको छ।

डा. मिश्रा २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी थिइन्। फुलब्राइट छात्रवृत्तिप्राप्त गरी अमेरिका अध्ययन गरेपछि २०७० असोज १० गते स्वास्थ्य सेवामा फर्किइन्। उनी स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल, र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुख भएर काम गरिसकेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट