विरालो बलात्कार गरेको आरोपमा मलेसियामा ३३ वर्षीय नेपाली सुरक्षा गार्ड पक्राउ

काठमाडौँ— मलेसियाको कोटा केमुनिङस्थित एक आवासीय अपार्टमेन्ट परिसरमा एक नेपाली सुरक्षा गार्डलाई बिरालोलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आरोप अत्यन्तै गम्भीर प्रकृतिको भएकाले मुद्दा मलेसियाली दण्ड संहिताका कडा धाराहरू अन्तर्गत अघि बढाइएको जनाईएको छ।

शाह आलम जिल्ला प्रहरी प्रमुख सुपरिटेन्डेन्ट रामसे एम्बोलका अनुसार पक्राउ परेका व्यक्ति ३३ वर्षका नेपाली नागरिक हुन्, जो सोही अपार्टमेन्ट कम्प्लेक्समा सुरक्षा गार्डको रूपमा कार्यरत थिए। शनिबार बिहान साढे १२ बजे एक बासिन्दाले दर्ता गरेको उजुरीपछि घटना सतहमा आएको हो।

उजुरीकर्ताका अनुसार उनी र उनका पतिले आफ्नो गाडीमा बसेर भित्रैबाट हेर्दा अपार्टमेन्ट परिसरमा एक पुरुषले बिरालोसँग यौन क्रियाकलाप गरिरहेको दृश्य देखे। त्यसपछि उनीहरूको पति चौथो तलासम्म पुगे। त्यसै वेल ती सुरक्षा गार्डंले उक्त बिरालोलाई चौथो तलाबाट फ्याँकेर घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ।

उजुरीकर्ताले मोबाइलमा घटनाको भिडियो कैद गर्न सफल भएका थिए र त्यसै भिडियोका आधारमा प्रहरीले पहिचान तथा खोजी तीव्र बनाएको थियो। त्यसपछि नेपाली गार्डलाई पक्राउ गरिएको सुपरिटेन्डेन्ट रामसेले पुष्टि गरेका छन्। उनी हाल १५ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म पाँच दिनका लागि रिमान्डमा छन्।

प्रहरीका अनुसार घटनाको समयमा आरोपीले मादक पदार्थ सेवनमा गरेको प्रारम्भिक परीक्षणले देखाएको छ। घटनालाई अत्यन्त गम्भीर जनाउँदै प्रहरीले दण्ड संहिताको धारा ३७७ (जनावरहरूसँग यौन सम्बन्ध) अन्तर्गत अनुसन्धान अघि बढाइरहेको छ।

यो अपराधमा २० वर्षसम्म कैद, जरिवाना वा कोर्राको सजायसमेत हुन सक्छ। साथै, प्रहरीले जनावरमाथि क्रूरताका अभियोग जोड्न सकिने धारा ४२८ (जानेबुझेर जनावरलाई हानि पु¥याउने) समेत अन्तर्गत मुद्दा दर्ता गर्न तयारी गरेको छ, जसमा ३ वर्षसम्म कैद, जरिवाना वा दुवै सजाय हुन सक्छ।

चौथो तलाबा फ्याँकिएको बिरालो भने फेला परेको छैन। प्रहरीले बिरालोको खोजीसँगै सम्भावित उद्धार अभियान पनि अघि बढाइरहेको जनाएको छ। प्रहरी प्रमुख सुपरिटेन्डेन्ट रामसेले घटनाका प्रत्यक्षदर्शी तथा सान्दर्भिक जानकारी भएका व्यक्ति सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

मलेसियामा पशु क्रूरता र जनावरसँग यौन दुव्र्यवहार अत्यन्त गम्भीर अपराध मानिन्छ। पक्राउ परेका नेपाली सुरक्षा गार्डविरुद्ध यही आधारमा कठोर कानुनी कारबाही अघि बढ्ने संकेत स्थानीय अधिकारीहरूले दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट