बोक्सी आरोपमा फरार सप्तरीका रामफल खंग पक्राउ

राजविराज– बोक्सीको आरोपमा मुद्दा परेपछि फरार भएका सप्तरीको राजगढ गाउँपालिका–२ का रामफल खंगलाई प्रहरीले पक्राउ गरेको छ।

सप्तरी जिल्ला अदालतले तोकेको तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना असुलीका लागि खंगलाई पक्राउ गरिएको हो। मुद्दाको थप जानकारी प्रहरीले दिएको छैन।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार खंग पुस १ गते पक्राउ परेका हुन। खंगलाई अदालतमा पेश गरिसकेपछि कानुनी प्रक्रिया अगाडि बढाइने जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट