आदर्श र लोकप्रियताको चुनावी फर्मुलाः सुशीला सरकारका मन्त्रीहरू धमाधम राजीनामा दिँदै सांसद भिड्दै

काठमाडौँ— जेनजी आन्दोलनका बेला आदर्श, सुशासन र जनसेवाको नारा बोकेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बनेकाहरु धमाधम राजीनामा दिईरहेका छन्। शिक्षा मन्त्री महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन् भने सञ्चार मन्त्री जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै प्रत्यक्ष चुनावी अभियानमा सक्रिय भएका छन्।

खेलकुद मन्त्री बब्लु गुप्ता र ऊर्जा मन्त्री कुलमान घिसिङले पनि पदबाट राजीनामा दिँदै आफ्नो ‘आदर्शवादी राजनीति’लाई निर्वाचन रणनीतिमा परिणत गरेका छन्। यी मन्त्रीहरूले पदलाई आफ्नो राजनीति प्रवेशको भ¥याङ मात्रै वनाएको देखिएको छ। आदर्शका पुल बाँध्दै उनीहरूले सत्ता, अनुभव र जनताप्रतिको भरोसालाई प्रत्यक्ष चुनावी शक्ति बनाउने योजना अघि सारेका छन्।

भदौ २३ को जेन–जी प्रदर्शन र २४ गतेको विध्वंसपछि सुशीला कार्कीको नेतृत्वमा गठित दलविहीन अन्तरिम सरकारमा उनिहरुलाई स्वतन्त्र ब्यक्तिका रुपमा मन्त्री नियुक्त गरिएको थियो। तर, उनिहरु सरकामै हुँदा राजनीतिक गतिविधिमा संलग्न हुने क्रम सुरु भएको थियो।

यसैक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन मंगलबार म्याग्दीबाट स्वतन्त्र उम्मेदवारीका लागि मनोनयन दर्ता गर्न पुगे। उनले सामाजिक सञ्जालमार्फत आफूलाई प्राप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय पदकहरू सरकारलाई दान गरेको जानकारी दिएका छन्। पुनले भनेका छन्—अब उनी केवल पद र सम्मानका लागि होइन, प्रत्यक्ष जनसेवा र चुनावी अभियानमा केन्द्रित हुनेछन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पनि सोमबार राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनले देश र जनताको सेवा गर्ने अटल प्रतिबद्धता व्यक्त गर्दै, दलविहीन सरकारको आडमा आफूलाई स्वतन्त्र पार्टीको सिपाही बनाएका छन्।

यसअघि खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजिनामा दिएका थिए। उनि सिरहा १ बाट चुनाव लड्ने तयारीमा छन्। हिजो रवि लामिछाने र बालेनको चुनावी अभियानमा गुप्ता पनि सँगै देखिएका थिए। त्यसअघि नै ऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङ पनि राजीनामा दिँदै चुनावी मैदानमा उत्रिसकेका छन्।

राजनीतिक विश्लेषकहरू भन्छन—यी कदम केवल औपचारिकता नभई जनभावना क्यास गर्ने, व्यक्तिगत ब्रान्ड र अनुभवलाई चुनावी शक्ति बनाउने रणनीति हुन्। विशेषगरी महावीर पुन र खरेलले आदर्श र लोकप्रियताको मिश्रणमार्फत मतदातामा प्रभाव पार्ने योजना बनाएका छन्।

सुशीला सरकारका मन्त्रीहरूको धमाधम राजीनामा र चुनावी मैदान प्रवेशले स्पष्ट देखाउँछ—अब, आदर्शवाद र लोकप्रियतालाई प्रयोग गरेर संसद् जित्ने समय आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट