चुनाव हारेपछिको विनिता कठायतको आँसु भन्दै रुँदै गरेको भिडिओ भाइरल, आखिर सत्य के हो?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनपछि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा जुम्लाबाट उम्मेदवार बनेकी विनिता कठायत सँदै गरेको भिडिओ भाइरल भयो। भिडिओमा उनी भावुक हुँदै रुएको र आँसु पुछ्दै बोलिरहेको देखिन्छ।

भिडिओलाई जुम्लाबाट चुनाव हारेपछि उनी भावुक भएर रोएको घटनाका रूपमा प्रस्तुत गरिएको छ। उनले कर्णालीका जनतामाथि राजनीतिक खेल नगर्न आग्रह गरिरहेको सुनिन्छ। उनी भन्छिन्, ‘कति जना पोलिटिसियनले हेर्छन् प्लिज भन्न चाहन्छु, अब राजनीति नगर्दिउँ हामी कर्णाली बासिन्दासँग। मेरो पछिको जति पुस्ता आउँछ, तब पनि कर्णालीको अवस्था परिवर्तन गर्न अझै गाह्रो हुन्छ।’

यही अंशलाई आधार बनाएर सामाजिक सञ्जालमा चुनाव हारको भावनात्मक प्रतिक्रिया भनेर प्रचार भईरहेको छ। सामाजिक सञ्जालमा फैलाइएको दाबीअनुसार जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही निर्वाचित हुँदा रास्वपाकी उम्मेदवार कठायतको जमानत नै जफत भएपछि उनी भावुक भएर रोएकी हुन।

कतिपय पोस्टहरूमा कठायतले जम्मा ४२१ मत पाएर जमानत जफत भएको र शाहीले १४ हजार ८ सय १६ मतसहित विजय हासिल गरेको दाबीसमेत जोडिएको देखिन्छ। तर, वास्तविकता भने फरक रहेको खुलेको छ। यो भीडीओ एक वर्षअघि उनले चलचित्र हेरेपछि भावुक भएर दिएको प्रतिक्रिया रहेको पुष्टि भएको छ।

स्रोतका अनुसार चलचित्र ‘लाज शरणम्’ हेरेपछि भावुक हुनुहुँदै कठायत रोएकी थिईन। उक्त भिडिओमा कठायतले चलचित्र हेरेपछि आफू निकै भावुक भएको र कर्णाली क्षेत्रको यथार्थ चित्रणले आफूलाई गहिरो रूपमा छोएको बताएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट