उदयपुरको गिदेरी खोलामा ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु
गाईघाट— उदयपुरको बेलका नगरपालिका–२ स्थित गिदेरी खोलामा आईतबार बिहान भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गएको छ। खेत जोत्न जाँदै गरेको रोटाभेटर जडित ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई पल्टिँदा चालक बेलका नगरपालिका–२ निवासी सोकिन्दर चन्द्रवंशीको मृत्यु भएको हो।
प्रहरीका अनुसार बिहान करिब सवा १० बजे बानडाँडाबाट गिदेरीतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त १३३२ नम्बरको ट्याक्टर गिदेरी खोलाको उकालो निस्कने क्रममा सन्तुलन गुमाएर पल्टिएको थियो। दुर्घटनामा चालक सोकिन्दरको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरी मृतकको शव पोस्टमार्टमका लागि धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
प्रतिक्रिया
