पुलमुनी पिसाव गर्ने नागरिकको भिडियो खिचेर हुर्मत लिने आशिका तामाङ, पत्रकारले प्रश्न गर्दा विच्किईन !
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सिंहदरबारमा काम गर्ने क्रममा देखिएको व्यवहार र पत्रकारहरूको असंवेदनशील कार्यविरुद्ध आवाज उठाएकी छिन्। सामाजिक सञ्जालमा उनले लेखेकी छिन्– ‘सिंहदरबार कार्यसम्पादन गर्ने स्थान हो, प्रदर्शन गर्ने स्थल होइन। सांसदहरूले कस्तो गाडी प्रयोग गरे वा कुन ब्रान्डको सामग्री बोके भन्नेभन्दा नीतिगत काम र जनसेवा नै प्राथमिक हुनुपर्छ र हुन्छ पनि।’
सांसद तामाङले मिडियाप्रति सम्मान यथावत रहेको तर केही मिडियाले घेराबन्दी गर्ने, जबरजस्ती प्रतिक्रिया लिन खोज्ने र आवागमनमा अवरोध पु¥याउने व्यवहार पत्रकारिताको मर्यादासँग मेल नखाने स्पष्ट पारेकी छन्। उनले विशेषगरी महिला सांसदहरूलाई लक्षित गरिएका यस्ता व्यवहारले सामाजिक सञ्जालमा साइबर बुलिङ विरुद्ध उठाइएका आवाजसँग विरोधाभास सिर्जना गरेको उल्लेख गरेकी छन्।
उनले भनेकी छन्, ‘प्रश्न सोध्ने र प्रतिक्रिया लिने प्रक्रिया स्पष्ट, सहमतिपूर्ण र मर्यादित हुनुपर्छ। व्यवस्थित संवादका लागि समय, स्थान र विधि तय गरेर अघि बढ्न सके सबै पक्षको गरिमा जोगिनेछ।’ सांसद तामाङको यो अभिव्यक्तिले पारदर्शिता, कानून र मर्यादित संवादको महत्वलाई जोड दिएको छ।
तर, सामाजिक सञ्जाल र पब्लिकमा आफूले गरेको यही व्यवहार भने उनले भुलेकी छिन्। सांसदको भूमिकामा आएसँगै उनले गर्ने त्यही कर्म गलत देखिन थालेको अनुभव उनी सार्वजनिक गर्न चाहन्छिन्। यसले उनको व्यक्तिगत अनुभव र सार्वजनिक कर्तव्यबीचको अन्तरलाई उजागर गरेको छ।
यो प्रतिक्रियाले संसद सदस्यको रुपमा आशिका तामाङले आफू र मिडियाबीचको सम्बन्धलाई सन्तुलनमा राख्न खोजेको देखाउँछ र विधि, मर्यादा र संस्थागत संवादलाई प्राथमिकता दिएको सन्देश दिन्छ। सांसदको यो स्पष्टता र आग्रहले संसद कार्यक्षेत्रमा महिला सांसदहरूको सुरक्षासँगै मिडियाको स्वतन्त्रता र मर्यादा कायम राख्ने महत्वलाई पनि उभ्याएको छ।
यद्यपी, उनी सांसद वन्नुपुर्व खोलाका पुलमुनी पिसाव गर्ने नागरिकको भिडियो बनाएर सामाजिक सञ्जालमै हुर्मत लिने ब्यक्ति हुन। आफुलाई सामाजिक अभियान्ता भन्दै क्यामरा भएको चस्मा लगाएर हिड्ने तामाङ जुनसुकै ठाउँमा गएर विवाद गर्थिन। पानीको बोटल २५ रुपैयाँमा बेचेको भन्दै होटल मालिकलाई र्याखर्याखी पार्थिन, प्रहरीका काममा अवरोध गर्थिन, जवाफ दिन नसक्ने प्रहरी कर्मचारीलाई समेत पछि–पछि लागेर प्रश्न सोध्दै हैरान पार्थिन।
तर, अहिले भने उनका लागि पक्रकारले प्रतिक्रिया लिन खाज्दा पनि अवरोध भएको महसुस हुन थालेको उनको फेसवुक स्ट्याटसबाट प्रष्ट देखिन थालेको छ।

