उपसभामुख रुबीकुमारी ठाकुर अचानक बेहोस, किष्ट मेडिकल कलेजमा भर्ना

काठमाडौँ — प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर अचानक वेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको छ। बुधबार बिहान बेहोसी अवस्थामै उनलाई उपचारका लागि अस्पताल पु¥याइएको अस्पताल स्रोतले जनाएको छ।

अस्पताल स्रोतका अनुसार उपसभामुख ठाकुरलाई मंगलबार रातिदेखि ज्वरो आएको थियो। बिहान स्वास्थ्य अवस्था थप बिग्रिएपछि परिवार तथा सहयोगीहरूले उनलाई तत्काल किष्ट मेडिकल कलेज पु¥याएका थिए। अस्पताल आइपुग्दा उनको सुगर लेबल अत्यन्त न्यून अवस्थामा पुगेको र त्यसकै कारण उनी बेहोस भएको चिकित्सकहरूले प्रारम्भिक रूपमा अनुमान गरेका छन्।

अस्पताल स्रोतका अनुसार उपचार सुरु गरिएपछि अहिले उनको होस फर्किएको छ। चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा राखेर उपचार भइरहेको छ भने स्वास्थ्य समस्याको वास्तविक कारण पत्ता लगाउन थप परीक्षण पनि जारी रहेको अस्पतालले जनाएको छ।

अस्पतालका एक अधिकारीका अनुसार उपसभामुख ठाकुरलाई अहिले भर्ना गरेर निगरानीसहित उपचार भइरहेको छ र विभिन्न ल्याब परीक्षणमार्फत स्वास्थ्य अवस्थाको विस्तृत मूल्यांकन भइरहेको छ।

उपसभामुखजस्तो संवैधानिक पदमा रहेकी व्यक्तिको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा पनि चासो बढेको छ। अस्पतालले अहिले उनको अवस्था नियन्त्रणमा रहेको र चिकित्सकहरूको निगरानीमा उपचार प्रक्रिया अगाडि बढिरहेको जनाएको छ। थप परीक्षण रिपोर्ट आएपछि मात्रै स्वास्थ्य समस्याको विस्तृत कारण स्पष्ट हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट