कोलकत्तामा बंगलादेशी सांसदको हत्याका मुख्य अभियुक्त काठमाण्डौंबाट पक्राउ, अन्यको खोजी हुँदै
काठमाडौं– भारतको कोलकत्तामा बंगलादेशका सांसद अनवारुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका एक जनालाई नेपालबाट पक्राउ गरिएको छ।
उपचारका लागि मे १२ मा भारत पुगेका सांसद अनार भोलिपल्टदेखि नै सम्पर्कविहीन बनेका थिए। मे २२ मा बंगलादेश सरकारले उनको मृत्युको पुष्टि गरेको थियो। वेपत्ता भएको ८ दिनदेखि शव कोलकाता स्थित फ्ल्याटमा फेला परेको थियो।
उनको हत्याका मुख्य अभियुक्त सियाम हुसेनलाई गत बिहीबार प्रहरीले नेपालको संघीय राजधानी काठमाडौंबाट पक्राउ गरेको जनाईएको छ। नेपालबाट पक्राउ परेका भनिएका हुसेन सांसदको हत्या लगत्तै काठमाडौं गएको हल्ला चलेको थियो।
हुसेनको सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल गरिरहेको जनाईएको छ। बंगलादेशको राजधानी ढाका महानगरीय प्रहरीको डिटेक्टिभ ब्रान्च (डीबी)को चार सदस्यीय टोली शनिबार बिहान नै ढाकाबाट काठमाडौं पुगेको ढाका ट्रिब्युनले समाचार लेखेको छ।
सांसद अनारको हत्यामा संलग्न रहेको आरोप लागेका अन्य अभियुक्त पनि हत्यापछि नेपाल आएको आशंका गरिएको छ। सांसद अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन्। उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ बाट चुनाव जितेका थिए।
यो पनि,
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

