भ्रष्टाचार मुद्दामा मुछिएका मलावीका उपराष्ट्रपतिसहित ९ जना सवार जहाज बेपत्ता
काठमाण्डौं– अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपति सौलोस क्लोस चिलि सवार एक हवाईजहाज बेपत्ता भएको छ। जहाजमा उनीसहित ९ जना सवार थिए।
राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा हवाईजहाज बेपत्ता भएको हो। मलावीको राष्ट्रपति कार्यालयले वक्तव्य जारी गर्दै उपराष्ट्रपति सौलोस क्लोस चिलिमा सहित ९ जना सवार हवाईजहाज बेपत्ता भएको जानकारी दिएको छ।
५१ वर्षीय चिलिमा मलावी सेनाको हवाईजहाजमा थिए। उक्त हवाईजहाज स्थानीय समयअनुसार ९ः१७ बजे (नेपाली समय अनुसार दिउँसो १ बजे) राडारसँग सम्पर्कविच्छेद भएको थियो। उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ।
राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीहरुलाई खोज तथा उद्धारमा परिचालित हुन निर्देशन दिएका छन् । उनले बहामास जाने पूर्वनिर्धारित कार्यक्रम पनि रद्द गरेका छन् ।
सन् २०२२ मा उपराष्ट्रपति चिलिमालाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो। उनीमाथि ब्रिटिश–मलावी व्यापारीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएको आरोप छ। उनले भने आफूमाथि लगाइएका आरोपहरु खण्डन गर्दै आएका छन्।
लोकप्रिय
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल

