अटोको ठक्करबाट घाईते पैदल यात्रीको उपचारका क्रममा मृत्यु

दमक– झापाको कनकाई नगरपालिका ३ मा अटोले ठक्कर दिँदा एक जना पैदलयात्री वृद्धको मृत्यु भएको छ।

मदरगाछीबाट सुरुङ्गा जाँदै गरेको प्र.१–०१–००१ ह. ७७३८ नम्बरको अटोले सोमबार पैदलयात्री कनकाई–३, सुरुङ्गाका ६० वर्षीय ओमप्रकाश भेट्वाललाई ठक्कर दिएको थियो।

बाटो काट्ने क्रममा अटोको ठक्करबाट गम्भिर घाईते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा मंगलबार बिहान साढे ११ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

अटो चालक कन्काई–५, मदरगाछीका ४२ वर्षीय टिकाराम उप्रेतीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट