नेम्वाङको निधनका कारण बुधवारको प्रतिनिधि सभाको वैठक विहिवारलाई सारियो (फोटो फिचर)

काठमाडौं– संविधान सभाका अध्यक्ष एवम पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएपछि बुधबार बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। उक्त बैठक बिहीबार बोलाइएको छ।

बिहीबारको बैठकमा नेम्वाङप्रति शोक व्यक्त गरिने छ। सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गरेका हुन्।

‘संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण भदौ २७ गते १ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएको। शोक प्रस्ताव प्रयोजनको लागि सभाको बैठक भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ।’– सूचनामा भनिएको छ।

नेम्वाङको मंगलबार राती साढे १ वजे हृदयाघातबाट निधन भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट