गगन थापाले पोखरा पुगेर भने– चुनावको टिकट वितरण गर्ने प्रणाली परिवर्तन गर्नुपर्छ
काठमाण्डौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र चुनावको टिकट वितरण गर्ने प्रणाली परिवर्तन गर्नुपर्ने वताएका छन्।
बुधबार पोखरा महानगर सम्मेलनमा बोल्दै थापाले टिकट वितरण गर्ने प्रणालीले कांग्रेसलाई पार्टी नभएर कंपनी जस्तै बनाएको उनले संकेत गरे।
‘टिकट दिने व्यवस्था बदल्नुपर्छ,’ उनले भने, ‘सभापति र नेताहरूको घर–घर धाउनुपर्दैन। जुन तहको निर्वाचन हो त्यही तहले टिकट दिन्छ।’ उनले भने।
थापाले ०८२ असारभत्रि पार्टीको १५औं महाधिवेशन गरिसक्ने पनि बताए। विधानअनुसार ४ वर्षमा पार्टीको महाधिवेशन हुने भन्दै उनले ०८२ सालको मंसिरभित्रै महाधिवेश सक्ने वताए ।
‘पार्टी महाधिवेशन ०८२ साल मंसिर महिनाभन्दा उता जाँदैन, जान दिइन्न। ०८२ सालमा चार वर्ष पुग्छ,’ थापाले भने, ‘हामीहरू सबै मिलेर अधिवेशन गर्ने हो।’
प्रतिक्रिया