दौरा सुरुवालमा विमान चढेका प्रचण्ड जव टाई सुटमा निस्किए (फोटो फिचर)

काठमाण्डौं– प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि आइतबार साँझ न्युयोर्क पुगेका छन् ।

उनलाई न्युयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले गरे । प्रधानमन्त्री दाहाल आजैदेखि विभिन्न कार्यक्रममा सहभागी भईरहेका छन्।

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर दाहाल असोज ५ गते अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

यता, नेपालमा भने पहिरनका कारण उनको चर्चा भईरहेको छ। नेपालमा तामझामसहित बिदाइ भएका प्रधानमन्त्री अमेरिकामा स्वागत भने खल्लो भयो । नेपालका सरकार प्रमुखलाई स्वागत गर्न अमेरिकाले कोही पनि प्रतिनिधि पठाएन ।

राष्ट्रसंघका लागि नेपालका आवासीय प्रतिनिधि लोकबहादुर थापाले जोन अफ केनेडी विमानस्थलमा नेपाली टोलीलाई रिसिभ गर्न पुगेपछि खासै उत्साह देखिएन।

प्रधानमन्त्रीको फेसबुक पेजमा नेपालबाट बिदाइ हुँदाका थुप्रै तस्बिर राखिएको छ, तर अमेरिकामा ओर्लिएका तस्बिर छैनन् । यद्यपि प्रधानमन्त्रीको सचिवालयले विमानस्थलका तस्बिर मिडियालाई उपलब्ध गराएको छ । अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको स्वागत र बिदाइका दुई तस्बिर चर्चामा छन् ।

चर्चाको कारण हो, प्रधानमन्त्रीको फेरिएको पोशाक । त्रिभुवन विमानस्थलमा बिदाइ हुँदा प्रधानमन्त्री राष्ट्रिय पोशाक दौरासुरूवालमा ठाँटिएका थिए । तर अमेरिकी विमानस्थलबाट निस्किँदाको तस्बिरमा उनी सुट–टाईमा देखिएका छन् ।

प्रधानमन्त्रीको मात्र होइन, उनकी पुत्री गंगा दाहालको पनि पोशाक फेरिएको छ । उनी यहाँबाट बिदाइ हुँदा सारी–चोलोमा थिइन् । अमेरिका पुग्दा कोट–पाइन्टमा देखिएकी छिन्।

प्रधानमन्त्री अमेरिका जाँदा कतारको दोहामा ट्रान्जिट थियो । दोहामा नै उनीहरुले पोशाक परिवर्तन गरेको स्रोतले जनाएको छ। सामाजिक सञ्जालमा दुई तस्बिर जोडेर ट्रोल हुन थालेको छ ।

&nbsp


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट