गृहमन्त्रालयको समन्वयनमा २ हजार पर्यटकलाई रामरोशन जाने अनुमती

काठमाण्डौं– सुरक्षाको कारण देखाएर जिल्ला प्रशासन कार्यालय अछामले रोकेका करिव २ हजार पर्यटकलाई गृहमन्त्रालयको समन्यमा आजदेखि रामरोशन जान अनुमती दिईएको छ। स्थानीय प्रशासनको अवरोधका कारण विभिन्न ३५ मुलुकका दुई हजार पर्यटकलाई त्यहाँ रोकिएका थिए।

रामारोशन गाउँपालिका र रामारोशन पर्यटन विकास समितिले सुरक्षाको जिम्मा लिने भएपछि उनीहरुलाई जाने अनुमति दिइएको सीडीओ कार्यालयले जनाएको छ। रेन्बो ग्यादरिङका लागि भन्दै ठूलो संख्यामा विदेशीहरू रामारोशन जान थालेपछि उनीहरुलाई स्थानीय प्रशासनले रोकेको थियो ।

सीडीओ शरद कुमार पोखरेलले पर्यटन मन्त्रालयको अनुमति लिएका पर्यटकलाई भने रामारोशन जान नरोकिएको वताए।

रामरोशनका लागि आएका पर्यटक स्थानीय प्रशासनले रोकेपछि गाउँपालिका र रामारोशन पर्यटन विकास समितिले उनीहरूलाई रामारोशन आउन दिन भन्दै पर्यटन मन्त्रालय र गृह मन्त्रालयलाई पत्र लेखेका थिए । जिल्ला प्रशासन कार्यालयले पनि त्यहाँको अवस्था जनाएर गृह मन्त्रालयलाई पत्र लेखेको थियो ।

गाउँपालिका र पर्यटन विकास समितिले रेन्बो ग्यादरिङ कार्यक्रमलाई आफूहरूले अपनत्व लिने बताएपछि सुरक्षा अवस्था बुझेर उनीहरूलाई त्यहाँ जान दिने गृह मन्त्रालयले निर्देशन दिएको छ। त्यसपछि आज उनीहरूलाई रामारोशन जान दिइएको सीडीओ पोखरेलले बताए।

सामाजिक सञ्जालमार्फत रामारोशन जाने भन्दै बुटवलका सुनज खनालले आह्वान गरेको र त्यसपछि भारत, युरोप, अमेरिकालगायतका मुलुकबाट २ हजार पर्यटक मेडिटेसन, म्यूजिकलगायतका कार्यक्रम गर्ने योजना बनाएर एक महिना बस्ने गरी रामारोशन जान लागेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट