लालवन्दीमा लुटेरा समुहले गोली चलायो, गोली आफनै साथीलाई लागेपछि भागाभाग

जनकपुर– सर्लाहीको लालबन्दीमा बिहीबार बिहान लुटपाट गर्न आएको हटियारधारी समुह प्रतिकारका क्रममा घाईते भएपछि भागेको छ। लुटेर समुहले एउटा घरबाट नगद र केही गहना भने लगेको प्रहरीले जनाएको छ।

विहिवार विहान करिव २ वजे मुखमा रुमाल बाँधेर आएको ५÷६ जनाको समुह लालबन्दी नगरपालिका–५ शान्तिटोलस्थित रामचन्द्र ठाकुरको घरमा पसेको थियो।

उनीहरु घरको कम्पाउन्ड वालमा लगाइएको ग्रिल नाघेर घरमा पसेको जनाईएको छ। चक्कु र कटुवा पेस्तोलसहित आएको समुहले लुटपाट गर्न थालेपछि परिवारका सदस्यले प्रतिक्रार गरेका थिए। सो क्रममा एक जनाले गोली चलाएको र एक जनाले चक्कु प्रहार गरेको जनाईएको छ।

चक्कुले लागेर घरधनी ४५ वर्षीय ठाकुर घाइते भएका छन् । उनको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ ।

कटुवा पेस्तोलबाट चलेको गोली भने उनीहरु मध्ये नै एक जनालाई लागेको प्रहरीले जनाएको छ। घट्नास्थलबाट एक थान कटुवा पेस्तोल पनि बरामद भएको सर्लाहीका एसपी नरेशराज सुवेदीले वताए।

गोली लागेपछि उनीहरु केही समान लिएर खेतैखेत भागेको पाईएको छ। उनीहरु हिडेको बाटोमा रगतको टाटा देखिएको प्रहरीले जनाएको छ। एसपी सुवेदीका अनुसार उनीहरु लुट्न नभई चोरी गर्ने अनसायले आएको अनुमान छ ।

भागेको लुटेरा समूह चौडै नै पक्राउ पर्ने उनले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट