मनी लान्ड्रिङ मुद्दामा रणवीर कपुरलाई सोधपुछका लागि ईडीले बोलायो
एजेन्सी– बलिउड अभिनेता रणवीर कपुरलाई प्रवर्तन निर्देशनालय (ईडी) ले सोधपुछका लागि बोलाएको छ ।
समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार, ईडीले छत्तीसगढको महादेव बेटिङ एप्लिकेसनको मनी लान्ड्रिङ मुद्दामा रणवीर कपुरलाई बोलाएको हो।
रणवीर कपुरले एपका प्रमोटरहरूबाट पैसा लिएका थिए। उक्त रकम एप प्रवद्र्धकको बिहेमा प्रस्तुति दिएबापत लिएका थिए।
ईडीले रणवीर कपूरलाई अक्टोबर ६ मा रायपुरको कार्यालयमा उपस्थित हुन भनेको छ। प्रवर्तन निर्देशनालयले महादेव अनलाइन बुक बेटिङ एपको अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया