पतिले बोक्ने पेस्तोलको गोली कोखामा लागेको अवस्थामा भेटिएकी शर्मिलाको मृत्यु

काठमाडौं– गोली लागेको अवस्थामा भेटिएकी नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमतीको मृत्यु भएको छ । कोखामा गोली लागेकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
गत सोमवार शर्मिला काठमाडौँ–४, पञ्चकन्या स्थित उनकै डेराबाट गोली लागेर घाईते अवस्थामा फेला परेकी थिईन। प्रहरीले शर्मिलाले आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुमान गरेको थियो ।
उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। पीएसओले बोक्ने पेस्तोलबाट सर्मिला आफैंले गोली चलाएको प्रहरीको प्रारम्भिक अनुमान प्रहरीले गरेको थियो। घटना हुँदा असई लक्ष्मण डेरामा नभएको र सर्मिला मात्रै रहनुले उनी स्वयमले गोली चलाएको प्रहरीको अनुमान थियो।
लक्ष्मण नेपाल प्रहरीका पूर्व आईजीपी ध्रुब बहादुर प्रधानको सुरक्षामा खटिएका (पीएसओ) सुरक्षा गार्ड हुन।
प्रतिक्रिया