इजरायलमा १० जना नेपाली मारिएपछि राजदुत कान्ता रिजाललाई निलम्वन गर्न सांसदको माग

काठमाडौं– इजरायलमा आतंकवादी हमलामा परी १० जना नेपाली विद्यार्थी मृत्यु भएपछि त्यहाँ स्थित नेपाली राजदुत कान्ता रिजालको क्षमतामाथि सांसदहरुले गम्भिर प्रश्न उठाएका छन्।

खासगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले पार्टीगत राजदूत चयन गर्दा कमजोरी बढेको भन्दै राजदुत रिजाललाई तत्काल निलम्वन गर्न माग गरेका छन्।

खनालले मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै इजरायल घटनामा राजदूतावास र राजदूतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताए ।

सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको उनको भनाई छ। पीडित विद्यार्थीले पनि राजदूतावासमाथि प्रश्न उठाएको भन्दै संवेदनशील मुलुकमा कस्ता राजदूत पठाउने भन्नेबारे सोच्नुपर्ने बताए ।

यसैगरी सांसद साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गरेका छन्। सोही वैठकमा वोल्दै उनले इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता भएको बताए। उनले कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको बताउँदै सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गर्नाले असक्षम राजदूत नियुक्ति हुने गरेको बताए।

‘इजरायलमा नेपाल सरकारको कुटनीतिक असफलता हो यो। कतै न कतै कुटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सकेनौँ। त्यो देश पहिलाबाट नै युद्धरत छ। ती दुवै पक्षबीच युद्धमा नै थियो। त्यहाँको राजदुत के गरेर बसेको थियो,’ उनले भने, ‘मेरो सुझाव सरकारले त्यो राजदुतलाई निलम्वन गर्नुपर्छ। फिर्ता बोलाउनुपर्छ। त्यो एम्बेस्डरलाई त्यो ठाउँ कस्तो थियो थाहा हुनुपर्दथ्यो। बाहिरि कुरा देखाएर हुँदैन। सरकारले भागबण्डा गरेर राजदुत नियुक्ति गरेपछि यस्तै हुन्छ। सरकारले आत्मलोचित भएर क्षमा माग्नुपर्छ।’

राजदुत रिजाल नेपाली विद्यार्थीहरु वेपत्ता भईरहँदा कर्फ्युका कारण वाहिर निस्कन नसकेको भन्दै कोठामा आराम गरिरहेकी थिईन।

को हुन राजदुत रिजाल ?
राजदुत रिजाल पाँचथरको साबिक आङसराङ १ मेहेलबोटेकी वासिन्दा हुन। उनी पुराना कांग्रेस नेता गणेश रिजालकी छोरी हुन् । गणेश रिजाल पाँचथरका पूर्व कांग्रेस पार्टी सभापती हुन् । उनि २०१५ सालका सांसद समेत हुन् ।

राजनीतिक नियुक्तिको आधारमा कांग्रेसको कोटाबाट रीजाल राजदूतमा सिफारिस भइकी हुन् । उनी लामो समयबाट कांग्रेसको राजनितिमा संकृय छिन् । उनि कांग्रेसको महासमिति सदस्य समेत हुन् । रिजाल पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेसको तर्फबाट समानुपातिक तर्फको उम्मेद्धार समेत थिइन् । रिजालले महिला विकास अधिकृतको रुपमा समेत काम गरेकी थिइन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट