प्रतिलिटर ११ रुपैयाँले घट्यो पेट्रोलको मुल्य

नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ।

डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ। यो मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको १६८ रुपैयाँ पर्नेछ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेशन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट