हमासको आक्रमणमा मृत्यु भएका ५ नेपालीको शव प्राप्त, यस्तो छ घाईते र वेपत्तको अवस्था

राजविराज– प्यालेस्टिनी लडाकु समूह हमासको आतंकारी आक्रमणका कारण इजरायलमा ज्यान गुमाएका १० मध्ये पाँच विद्यार्थीको शव प्राप्त भएको छ। इजरायलस्थित नेपाली दूतावासले ५ जनाको शव प्राप्त गरेको जनाएको छ।

ज्यान गुमाएका १० जना मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको हो ।

सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा रहेको दूतावासले जनाएको छ ।

प्राप्त गरेका शवहरू ढिलानगरी नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको दूतावासले जनाएको छ।

इजरायलमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको पनि खोजी भइरहेको दूतावासले उल्लेख गरेको छ । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइरहेका छन् भने दुई जना अस्पतालमै उपचाररत छन् ।

बाँकी दुईमध्ये एक जना नेपाल पुगिसकेका छन् र अर्का एक जना भने दूतवासको हेरचाहमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट