छातीमा असहज भएपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल भर्ना भएका छन्।
मंगलबार साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ।
‘छातीमा समस्या देखिएपछि नर्भिक भर्ना हुनुभएको छ’ प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने–‘दिउँसोदेखि नै अप्ठ्यारो भयो भनिरहनुभएको थियो।’
अस्पतालका सिइओ अजय मिश्रले प्रधानमन्त्रीको चेकजाँच भइरहेको बताए। चेकजाँच भइरहेकाले डाक्टरहरूसँग पनि आफनो कुराकानी हुन नपाएको उनले वताए।
प्रतिक्रिया