कोशीको तरंग बागमतीमा, जम्मरकट्टेलको सरकार ढाल्न विद्रोही कांग्रेसका २० सांसद एकमत

काठमाडौं– कोशी प्रदेशमा नेकपा एमाले र विद्रोही कांग्रेस मिलेर सरकार गठन गरेपछि त्यसको असर सवैतिर देखिन थालेको छ। कोशी प्रदेशको राजनीतिक तरंग अन्य प्रदेश र केन्द्रमा समेत देखिन थालेको छ।

शेखर कोइरालाई प्रधानमन्त्री बनाएर पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्ने नेकपा एमाले कस्सिएरै लागेको छ भने केन्द्रीय गठबन्धनलाई चुनौती दिँदै नेता शेखर कोइराला पक्षका नेताहरुले प्रदेशमा पनि सांसदको जोडघटाउ सुरु गरेका छन्।

त्यसको सिधा असर अहिले बागमतीमा प्रदेशमा देखिएको छ। विद्रोही कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउन चाहेका छन् । जुन कुराको कांग्रेस महामन्त्री गगन थापाले खुलासा गरिसकेका छन् । थापाका अनुसार चारजना सांसद उक्त प्रस्ताव लिएर थापानिवासमै पुगेका थिए ।

त्यहाँ एमाले र विद्रोही कांग्रेस मिल्ने हो भने माओवादी नेतृत्वको सरकार ढल्ने सम्भावना छ । यहाँको प्रदेशसभामा १ सय १० सांसद छन् । यहाँ पनि केन्द्रमा जस्तै सबैभन्दा ठूलो दलको हैसियत बनाएको नेपाली कांग्रेसले ६ वटा मन्त्री लिएर तेस्रो शक्तिको रूपमा रहेको माओवादी केन्द्रलाई सरकारको नेतृत्व सुम्पेको छ ।

यहाँ कांग्रेसभित्रको द्वन्द्व झन् चर्को छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र इन्द्र बानियाँबीच कडा टक्कर छ । बानियाँ अहिलेको सरकार ढाल्न जे पनि गर्ने मुडमा छन् । बागमतीमा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको चुनावमा लामाले पक्षमा २१ र बानियाँको पक्षमा १६ मत परेको थियो। अहिले आफनो पक्षमा २० जना सांसद रहेको बानियाँ दावी गर्दैछन् ।

एमालेको २७ सिट छ भने माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र नेमकिपाको ३ सिट छ । प्रतिपक्षमा रहेका र विद्रोही कांग्रेस मिल्दा बहुमत पुग्छ र शालिकराम जम्मरकट्टेल नेतृत्वको सरकार ढल्ने विद्रोही कांग्रेसका नेताहरुको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट