भुत भगाउने भन्दै मध्येराती मसानघाटमा लगेर इन्जिनियरकी श्रीमती बलात्कार, धामी पक्राउ

जनकपुर– भुतप्रेत, धामी झाँक्री र झारफुकको भरपर्दा जनकपुरमा एक इन्जिनियरकै श्रीमती बलात्कारको शिकार भएकी छिन्। झारफुक गर्ने धामीले नै ति महिलालाई बलात्कार गरेको खुलेको छ।

झारफुकको वहानामा महिलालाई बलात्कार गर्ने धामी धनुषाको सबैला नगरपालिका– ११ का ३५ वर्षीय विष्णुदेव ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ। पीडितले दिएको उजुरीको आधारमा उनलाई कार्तिक १० गते पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ।

डीएसपी रञ्जन अवाका अनुसार भूतले छोप्न आउने गरेको भन्दै पीडित महिला धामी ठाकुरको सम्पर्कमा पुगेकी थिईन। उनले दसैँको महाअष्टमीको दिन झारफुक गरेपछि भूत भाग्ने आश्वासन दिए । सोही दिन धामीले राति सबैलाकै एक मसानघाटमा लगेर महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिला विवाहित हुन् । उनका श्रीमान इन्जिनियर छन् । तर, अन्धविश्वासमा परेपछि उनी बलात्कारको शिकार भइन् । झारफुक गराउन इन्जिनियर आफैं श्रीमतीलाई लिएर धामीकहाँ पुगेका थिए ।

धामीले भने गोप्य ठाउँमा झारफुक गर्नुपर्छ भनेर महिलालाई एक्लै मसानघाट लगेका थिए । मसानघाटमा धामीले बलात्कार गरेपछि महिला बेहोस भइन् । त्यसपछि धामी भागे । समय धेरै लागेपछि खोज्न गएका श्रीमानले श्रीमतीलाई बेहोस अवस्थामा फेला पारे र अस्पताल लगेका थिए ।

डीएसपी अवाले घटनाका विषयमा थप अनुसन्धान भईरहेको पनि जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट