मिटरब्याजको ऋण र प्रेममा धोका पाएपछि जलपरीले गरिन आत्महत्या

काठमाडौं– मोडल दिपाशा बिसी ‘जलपरी’ ले उडुस मार्ने औषधिको सेवन गरेर आत्महत्या गरेकी छिन्। विष सेवन गरेको थाहा पाएपछि सँगै बस्ने भाइ/बहिनीले उनलाई बुधवार राती नर्भिक अस्पतालमा भर्ना गराएका थिए।

तर, उपचारकै क्रममा विहिबार दिउँसो उनको निधन भएको थियो। मिटरब्याजको ऋण तिर्न नसकेको र यसैबीचमा ब्रेकप पनि भएकाले तनावमा आएर उनले आत्महत्या गरेको हुन सक्ने निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनी केही समयदेखि निराशा र तनावमा थिईन। सुर्खेत घर भएकी दिपाशाले केही समयअघि मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि उनले तिर्न नसकेको स्रोतको भनाइ छ ।

उनले कलाकारिता क्षेत्रका केही व्यक्तिहरुसँग आर्थिक सहयोग समेत मागिरहेकी थिइन्। म्यूजिक भिडिओ र देश÷विदेशका स्टेज शोबाट राम्रै कमाई गर्दै आएकी उनले काठमाडौं मलमा ब्युटी पार्लर पनि चलाउँदै आएकी थिइन् ।

बाहिरबाट आर्थिक स्रोत राम्रै देखिए पनि उनले के कारणले मिटरब्याजमा पैसा चलाईन र कसरी आर्थिक समस्यामा परिन् भन्ने खुलेको छैन। आर्थिक समस्याकैबीचमा ब्वाईफ्रन्डसँग पनि ब्रेकअप भएपछि विक्षिप्त भएर उनले आत्महत्या गरेको हुन सक्ने स्रोतले जनाएको छ।

दिपाशाले केही दिनदेखि सामाजिक सञ्जालमा निराशाले भरिएका पोस्टहरु गर्दै आएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट