जनकपुरका ३७ जना विद्यार्थी बोकेको बस इलाममा दुर्घटना, एक जनाको मृत्यु (फोटो फिचर)

विराटनगर– इलामको रोङ गाउँपालिका– ३ कोल्बुङमा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ। धनुषाको जनकपुरबाट शैक्षिक भ्रमणका लागि आएको बस फर्किने क्रममा दुर्घटनामा परेको हो।

बेलुका साढे ५ बजे दुर्घटनामा परेको ना ६ ख ८४२४ नम्बरको बसमा ३७ जना थिए। ति मध्ये ३६ जनाको उद्वार गरी उपचारका लागि विर्तामोड पठाईएको प्रहरीले जनाएको छ।

मेची राजमार्गबाट करिब तीन सय मिटर तल झरेको बसमा च्यापिएए एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी दीलिप घिमिरेले बताए। मृतकको पहिचान भएको छैन।

ना६ख ८४२४ नम्बरको बस दुर्घट्ना हुादा एकजनाको निधन भएको पनि प्रहरीले बताएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको सनाखत भने भइसकेको छैन ।

धनुषाको धारापानीबाट इलामको कन्याम पुगेर फर्कदै गरेको बस के कारणले दुर्घटनामा पर्यो भन्ने खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट