वैंकको ऋण तिर्न मृगौला लिलामीमा, टल वहादुरले जारी गरे सार्वजनिक सूचना
राजविराज– नवलपरासीको सुकुम्वासी वस्तीमा वसिरहेका ३८ वर्षिय टल बहादुर परियारले किडनी (मृगौला) विक्रि गर्न सार्वजनिक सूचना जारी गरेका छन्। उनले वैंकको ऋण तिर्न नसकेर किड्नी वेच्न निस्कर्षमा पुगेको जनाएका छन्। सूचनामा भने यो कुरा उल्लेख छैन।
‘मेरो किड्नी बिकाउमा छ कसैलाई चाहिन्छ भनी सम्पर्क गर्नुहोला मलाई बेभार चलाउन धेरै गरो भएको हुनाले म किड्नी बेच्न खोजेको हो’ परियारले सूचनामा लेखेका छन्–‘नेपाल सरकारसँग मेरो अनुरोध नरोक्नका लागि ।’
उनले सम्पर्कका लागि आफ्नो मोवाईल नम्बर (९८०३३२७०८४) र ब्लड ग्रुप (ए प्लस) पनि सूचनामा उल्लेख गरेका छन् । उनले आफूले बैंकबाट ऋण लिएर गाडी किनेको र उक्त गाडीको किस्ता तिर्न नसक्दा किस्ता तिर्नकै लागि मृगौला विक्रीमा राखेको बताएका छन् ।
२ वटा छोराछोरीको पालनपोषण गर्न ऋण लिएर गाडी किनेको तर त्यो गाडी पनि श्रीमतीले सो रुममा लगेर कौडीको भाउमा बेचिदिएपछि आफु अलपत्र परेको उनले वताए। गाडी वेचेर कुवेत गएकी श्रीमती पनि ४ महिनादेखि सम्पर्क विहिन भएको उनले वताए।
उनले सूचना जारी गरेपछि प्रहरीले उनलाई बोलाएर बयान लिएको भने सूचना हटाउन दबाव दिएको उनले बताए।