सात वर्षीया बालिका बोर्डिङ स्कुलका सञ्चालकबाटै बलात्कृत

जनकपुर– महोत्तरीमा एक सात वर्षीया बालिका बोर्डिङ स्कुलका शिक्षकबाट बलात्कृत भएकी छिन्।

गौशाला नगरपालिका– ५ स्थित गौशाला एकेडेमीका सञ्चालक तथा शिक्षक ३३ वर्षिय जुगलकिशोर साहले बालिकालाई बलात्कार गरेको आरोप छ। उनी गौशाला– ११ बटौवा टोलका स्थानीय वासिन्दा हुन।

साहले बिहीबार टिफिन समयमा बालिकालाई फकाई विद्यालय भवनको छतमा लगी बलात्कार गरेको आरोप छ। अभिभावकले छोरी बिरामीजस्तो देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

प्रहरीले भने घट्ना बारे शुक्रबार बिहान मात्र जानकारी पाएको थियो। पीडित परिवारको जाहेरीका आधारमा साह पक्राउ परेका छन्। बालिकाको मेडिकल जाँचसमेत गराई मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।

साह प्रहरीको हिरासतमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट