सुरुङ्गा नगरपालिकाका ८ मावि मध्ये जनता मावि सिसवारीको एसईई नतिजा सर्वोत्कृष्ठ

राजविराज– सप्तरीको सुरुङ्गा नगरपालिका अन्तर्गत रहेका ८ वटा माध्यमिक विद्यालयमध्ये जनता मावी सिसवारीले माद्यमिक शिक्षा परिक्षा (एसईई)– २०८२ मा सर्वोत्कृष्ठ नतिजा हासिल गर्दै पहिलो भएको छ।

नगर कार्यपालिकाको कार्यालयद्वारा सार्वजनिक गरिएको नतिजा विवरणअनुसार उक्त विद्यालयले ८७.१४ प्रतिशत उत्तीर्ण दर कायम गर्दै अन्य विद्यालयलाई पछाडि पारेको छ। जसले स्थानीय तहको शैक्षिक प्रतिस्पर्धामा यसको सशक्त उपस्थिति पुष्टि भएको छ।

उक्त नतिजाले केवल प्रतिशतको हिसाबले मात्र होइन, गुणस्तरीय शिक्षण अभ्यासको दृष्टिले पनि जनता मावी सिसवारीलाई अग्रस्थानमा उभ्याएको देखिन्छ। विशेषगरी अंग्रेजी, स्वास्थ्य, विज्ञान, अप्सनल म्याथ र अर्थशास्त्र जस्ता महत्वपूर्ण विषयहरूमा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुन सफल हुनु विद्यालयको शैक्षिक अनुशासन, शिक्षकको प्रतिबद्धता र विद्यार्थीको मेहनतको प्रत्यक्ष परिणामका रूपमा व्याख्या गरिएको छ।

नगरपालिकाले सार्वजनिक गरेको समग्र नतिजा तालिकामा अन्य विद्यालयहरूको अवस्था पनि समेटिएको छ। जसले सुरुङ्गा क्षेत्रभित्रको शिक्षा प्रणालीको यथार्थ चित्र प्रस्तुत गरेको छ। केही विद्यालयहरूले सन्तोषजनक सुधार देखाए पनि केहीमा अझै कमजोर प्रदर्शन देखिनुले शिक्षा क्षेत्रभित्रको असमानता र चुनौतीलाई उजागर गरेको छ।

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरूको अभ्यासलाई अन्य विद्यालयहरूले अनुसरण गर्न सके मात्र समग्र शैक्षिक स्तर उकास्न सकिने देखिन्छ। समग्रमा, जनता मावी सिसवारीको सफलताले अन्य विद्यालयलाई पनि प्रतिस्पर्धात्मक रूपमा अगाडि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट