पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा धनकुटाका एकसहित दुई जनाको मृत्यु (अपडेट)

राजविराज– धरानबाट पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुवाहक बस बुधबार विहान तनहुँको ब्यास नगरपालिकामा दुर्घटना हुँदा मृत्यु भएका मध्ये मध्ये १ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५०/५५ वर्षका टोपबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।

राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी चालकसहित ३६ जना घाइते छन्। घाईते अधिकांश धनकुटाका छन्। घाइतेहरूमध्ये ९ जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रेफर गरिएको छ। अन्यको दमौली अस्पताल र तनहुँको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए।

घाइतेमध्ये सप्तरीको महादेब गाउँपालिका–६ की १५ वर्षीया प्रिति यादव उपचारपश्चात डिस्चार्ज भइसकेकी छन्। धनकुटाको सागुरीगढी गाउँपालिका –८ का २८ वर्षिय बिक्रम राई, वडा नं.७ का ४२ वर्षिय रामप्रसाद राई, वडा नं. ९ का २८ वर्षिय बोगिन्द्र राई, वडा नं. ७ का ४५ वर्षिय टिकाराज राई र ताप्लेजुङको याङबरक गाउँपालिका ६ का २६ वर्षिय सचिन्द्र लिम्बुको दमौली अस्पतालमा उपचार भईरहेको छ।

यसैगरी, कास्कीको पोखरा–३१ का ४१ वर्षिय भोजराज सुनार, धनकुटाको सागुरीगढी– ८ का ४८ वर्षिय जुनार सिंह राई, ७ का ४४ वर्षिय तिर्थ बहादुर राई, ५० वर्षिय लक्षु राई, ४५ वर्षिय हरिशचन्द्र राई, धनकुटा सागुरीगढी–९ का ३८ वर्षिय सन्तोष कुमार राई, सह–चालक कास्कीको पोखरा–१५ का ३० वर्षिय अजित परियार, सप्तरीको महदेवा गाउँपालिका –६ का २५ वर्षिय शम्भु यादब र बसका चालक प्युठानको सरुमहारानी गाउँपालिका –५ का २३ वर्षिय होमलाल पल्ली मगरको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ।

धनकुटाको साँघुरी ७ का ३० वर्षिय हमालप्रसाद राई, २९ वर्षिय संदिप राई, वडा ७ का ३५ वर्षिय लखमन राई, ४५ वर्षिय सबिन राई, वडा ३ का ३६ वर्षिय नरेन्द्र न्यौपाने, २९ वर्षिय विजय राई, वडा नं. ७ का ४१ वर्षिय मनिराज राई, ४९ वर्षिय आश राई, ४६ वर्षिय तिर्थ राई, ४८ वर्षिय उदेश राई, ४२ वर्षिय सिताराम राई, ५२ वर्षिय शत्रुधन राई, २१ वर्षिय किरण राई, धनकुटाको चौविसे गाउँपालिका–७ का २४ वर्षिय सांसद लिम्बु, सागुरीगढी–९ का ४१ वर्षिय प्रशान्त राई, ४७ वर्षिय जयकुमार राई, सप्तरीको महदेवा–६ का २३ वर्षिय विजय यादब र १४ वर्षिय सुमन यादवको रत्नहरी मेमोरियल अस्पताल तनहुँमा उपचार भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट