राष्ट्रिय टोलीकी गोलकिपर अन्जनाले कोसँग गरिन विवाह ?

काठमाडौँ– नेपालको महिला राष्ट्रिय टोलीकी गोलकिपर अन्जना रानामगरले विवाह गरेकी छिन्। उनले सोमबार भक्तपुर निवासी अविरल लामासँग विवाह गरेकी हुन।
१४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेर ‘कान्छी फुटबलर’को नामले चर्चित बनेकी अन्जना त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन्।
अन्जनाले २०२१ को डिसेम्बरमा नेपाली यू–१९ टिमको कप्तानी समेत गरेकी थिइन्। रौतहटको चन्द्रपुरकी अन्जनाले ११ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरेको थिइन्। त्यसको तीन वर्षमा उनी राष्ट्रिय टिममा परेकी थिइन्।
प्रतिक्रिया