५ वर्षअघि आफु मोहित भएको केटासँग रेणुले गराउँदैछिन छोरीको विहे

राजविराज– प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी अर्थात भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी पुत्री प्रतिभा पाठकको यही २९ मंसिरमा विवाह हुँदैछ। प्रधानमन्त्री दाहाल युएई भ्रमणमा जानु पुर्व नै प्रतिभाको टिकोटालो गरेर निस्किएका थिए।

प्रतिभाको विवाह गोरखाको गण्डकी–७ घ्यालचोक ज्यामिरेघाटका २७ वर्षिय विज्ञानबाबु रेग्मीसँग हुँदैछ। खासमा विज्ञानसँग छोरी प्रतिभाभन्दा धेरै आमा रेणु चाहीँ मोहीत भएको पाईएको छ। यो प्रसंग २१ पुस ०७५ देखि नै सुरु भएको हो। रेणु पहिलो पटक भरतपुरको मेयर बनेको डेढ वर्षजति भएको थियो।

२१ पुस ०७५ को बिहान डाक्टर भोजराज अधिकारीको साथ लागेर २२ वर्षे युवक विज्ञान मेयरको निवासमा पुगेका थिए। त्यतिवेला महानगरपालिकामा काम गर्दाको गाह्रो, अप्ठ्यारो, सजिलो विषय सोध्नेदेखि आफ्नो सल्लाह दिनसमेत भ्याएका उनीप्रति रेणु उतिखेरै लठ्ठ थिईन।

नयाँ खोज, अनुसन्धान, राजनीति, अर्थतन्त्रका विषयमा उनको जिज्ञासा र गहिरो अध्ययन देखेर मेयर रेणु दंग परिन्। उनको प्रस्तुति देखेर आकर्षित भइन्। भर्खर २२ वर्षको केटो सानै उमेरमा कति तीक्ष्ण दिमागको रहेछन्, कति परिपक्व कुरा गर्न सक्ने रहेछन् भन्ने लागेपछि उनले विभिन्न तर्कना गरिन।

पहिलो भेटमै विज्ञानसँग प्रभावित भएकी रेणुले आफनो आकर्षण छोरीतर्फ डाईभर्ट गर्ने सोच वनाईन। त्यसको करिव ५ वर्षपछि उनै विज्ञानबाबुसँग रेणुकी छोरी प्रतिभाको विवाह हुँदैछ।

रेणुलाई पहिलो पटक भेट्दा विज्ञान अमेरिकामा स्नातक तह पढ्दै थिए। पछि मेलिन्डा गेट्सको छात्रवृत्तिमा संसारका सात जनामध्ये छानिएर ०७३ सालदेखि अमेरिकाको ड्युक विश्वविद्यालयमा स्नातक तह अध्ययन गरी विज्ञान स्नातकोत्तर गर्ने तयारी गर्दै थिए।

०७६ सालमा प्रतिभा पनि स्नातकोत्तर अध्ययनका लागि बेलायत गइन्। ०७७ सालदेखि अक्सफोर्ड विश्वविद्यालयमा छात्रवृत्ति पाएपछि विज्ञानले विकास अर्थशास्त्र अध्ययन गर्न थाले। यही सिलसिलामा उनको र प्रतिभाको भेट भयो।

त्यसपछि प्रतिभा पनि विज्ञानसँगसँग प्रभावित भएको रेणु वताउँछिन्। ६ महिनाअघि प्रतिभाको हात माग्न विज्ञान बुबा ज्ञानेन्द्र रेग्मी र भिनाजुलाई लिएर भरतपुरस्थित मेयर रेणुको निवासमा पुगे। रेणुले प्रस्ताव नस्विकार्ने कुरै थिएन।

विज्ञानका पिता ८२ वर्षीय ज्ञानेन्द्र किसान हुन्। आमा मायादेवीको कोखबाट पाँच ओटी छोरीपछि विज्ञानको जन्म भएको थियो। १६ वर्षकै उमेरमा उनी बेलायतमा प्लस–टु तहको अध्ययनका लागि छनौट भएका थिए। पेस्टालजी युकेले विश्वभरका १५ जना विद्यार्थी छनौट गर्दा विज्ञान पनि परेर छात्रवृत्तिमा पढ्ने अवसर पाए। अहिले उनी दिगो विकास छात्रवृत्तिमा स्विट्जरल्यान्डबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन्।

यता प्रतिभा भने ३० भदौ ०५५ मा भारतको पञ्जाबमा जन्मिएकी हुन। उनले विद्यालय शिक्षा काठमाडौंको सेन्ट जेभियर्स स्कुलबाट पूरा गरिन्। स्नातक तह काठमाडौंमै पूरा गरेपछि उनी स्नातकोत्तर पढाइका लागि बेलायत गएकी थिइन्। उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट इन्टरनेसनल बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर पूरा गरेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट