प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारले किन दिए राजिनामा ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएकाछन्। उनले २० मंसिरमै प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताए।

राजीनामा दिनुको कारण भने उनले खुलाएनन्। ‘राजीनामाको कारणबारे पछि जानकारी गराउँछु’–उनले भने।

मन्त्री सरह सेवा सुविधा पाउने गरी दाहालले गजुरेललाई ७ माघ ०७९ प्रमुख सल्लाहकार नियुक्त गरेका थिए।

नेकपा विभाजनदेखि नै दाहालसँग असन्तिुष्टि जनाउँदै आएका उनी सल्लाहकारमा भूमिका बिहिन बनाइएकोमा पनि असन्तुष्ट थिए। सिन्धुली–२ लेखनाथ दाहाललाई टिकट दिएपछि उनी दाहालसँग झन चिढिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट