पोखरामा पार्किङ गरेको बस १७ वर्षिय किशोरले चितवन पुर्याउँदा कहाँ थियो प्रहरी ?

पोखरा– तनहुँको म्याग्दे गाउँपालिका– ३ का एक १७ वर्षिय किशोरले पोखराबाट बस चोरी गरी चितवन पुर्याएपछि पक्राउ परेका छन्।

पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस शुक्रबार राति चोरी भएको थियो।

बस चोरिएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालय र अन्य जिल्लाका प्रहरी कार्यालयहरूमा समेत जानकारी गराएर प्रहरीले खोजी थालेको थियो।

खोजतलासका क्रममा उक्त बससहित किशोरलाई प्रहरीले चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमाबाट पक्राउ गरेको छ।

बस चलाउँदै लगिरहेको अवस्थामा उनलाई फेला पारिएको कास्की प्रहरीका एसपी मोहनकुमार थापाले जानकारी दिए। आँपटारीमा चितवन प्रहरीले जाँच गर्ने क्रममा उक्त बस र चलाउँदै लग्ने किशोर पनि फेला परेका हुन्।

पक्राउ परेका ती किशोरलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट