पोखराको न्यायिक समिति सदस्यमाथि २ लाख घुस लिएको आरोप, विवादपछि राजिनामा

पोखरा– पोखरा महानगरपालिकाको न्यायिक समितिकी सदस्य भावना श्रेष्ठमाथि दुई लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ।

पोखरा–२६,विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको हो।

रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ। उक्त विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाखको चेक लिएको आरोप छ।

श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने भन्दै चेक लिएको खुलेको थियो। तर, गुरुङले भने उनको भनाईको खण्डन गरेकी छिन्।

पोखरा–९ की वडा सदस्य श्रेष्ठले विवादमा परेपछि न्यायिक समितिबाट राजीनामा दिएकी छिन्। शनिवार नै उनले फेसबुकको म्यासेन्जरबाट राजीनामा पत्र पठाएको जनाईएको छ।

उपमेयर तथा न्यायिक समितिकी संयोजक गुरुङले श्रेष्ठको राजिनामा आएको बताइन्। राजिनामाको कारण ‘विशेष परिस्थिति’ भनिएको गुरुङको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट