किर्ते कागजात प्रकरणमा वायु सेवा निगम र विमानस्थल अध्यागमनका ४ अधिकृत पक्राउ

काठमाडौँ– भिजिट भिसामा विदेश पठाउन फर्जी कागजात बनाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले विमानस्थल अध्यागमनका एक जना अधिकृतलाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्का पक्राउ परेका हुन। यस अघि नेपाल वायुसेवा निगममा कार्यरत ३ जना अधिकृत पनि पक्राउ परेका थिए। वायुसेवामा कार्यरत अधिकृतहरू अरविन्द यादव, विश्वनाथ कोइराला र होमनाथ पोखरेल पक्राउ परेका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिएको छ। किर्ते कागजात प्रकरणमा यसअघि नक्कली कागजात तयार गर्ने समूह, कन्सल्टेन्सी सञ्चालक र ट्राभल एजेन्सी सञ्चालकहरू पनि पक्राउ परेका थिए।

हालसम्म ३२ जनालाई पक्राउ गरिएको एसपी रवीन्द्र रेग्मीले बताए। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो।

डिएसपी गोविन्द पन्थीको नेतृत्वमा अनुसन्धान अधिकृतहरूले सो प्रकरणको अनुसन्धान गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *