पतिको जन्मघरको चोटामा राधिकाको फोटोसेसन, ओली आफैंले मिलाईदिए पोज

पाँचथर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्य अहिले पार्टीको संकल्प यात्रामा सँगसँगै छिन्। बैतडीको झुलाघाट सुरु भएको १९ दिने संकल्प यात्राका क्रममा बिहीबार टोली ओलीको जन्मस्थल तेह्रथुम पुगेको थियो।

ओली गृहजिल्लामा पुगेपछि उनले जनप्रतिनिधि, नेता, कार्यकर्ता र स्थानीयसँग भेटघाट गरे। उनी शुक्रबार पुर्ख्यौली घर आठराई गाउँपालिका ४ इवा पनि पुगे। यही मेसोमा ओली पत्नि राधिकाले भने पतिको जन्मघरमा फोटोसुट गर्न भ्याएकी छिन्। उनीहरुले शुक्रबार जन्मघरमा रातनै विताए। र, शनिवार विहान अभियनका लागि पाँचथर पुगे।

पाँचथर फिर्नुअघि राधिकाले फोटोसेसन गरिन। ओलीले पत्नीको फोटो आफैले खिचिदिए। श्रीमती राधिकालाई घरको चोटाको झ्लाममा पोज दिन लगाउँदै ओलीले फोटो खिचिदिएका थिए। ओलीले राधिकाको फोटो खिचिदिँदा माहोल रमाइलो बनेको थियो।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत क्षेत्रको विकासक सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिका लागि सङ्कल्प यात्रामा छन्।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *